दमक उद्योग वाणिज्य संघको आसन्न निर्वाचनबाट चुनिने नयाँ कार्यसमिति तथा लेखा समितिका उम्मेदवारहरुका लागि ६४ जनाको मनोनयन दर्ता भएको छ । उद्योग वाणिज्य संघ निर्वाचन समितिले प्रकाशन गरेको नामावली अनुसार अध्यक्षमा देवीप्रसाद गुरागाई (गोपाल), राजु खड्का र भरत कुमार चम्लागाईको उम्मेदवारी मनोनयन भएको छ । यसैगरी, वरिष्ठ उपाध्यक्षमा ज्ञाननाथ पौडेल (ज्ञानु), राजकुमार योङ्गया, भगवान वस्नेत, प्रथम उपाध्यक्ष, रुवल अधिकारी, तुलसीराम तिम्सीना र सुनिल साह, द्वितिय उपाध्यक्षमा
टिकाराम खतिवडा,नविन कमार अग्रवाल र रमेश लुइटेल, तृतीय उपाध्यक्षमा शुभाषचन्द्र गड्तौला, विवेक श्रेष्ठ र उमेश गजमेर, महिला उपाध्यक्षमा संगिता तुम्बापो, सुस्मा निरौला र लोकमाया ढुंगाना (सजु) रहेका छन् । यसैगरी, कार्यसमिति सदस्य खुल्लातर्फ १८ जना, वस्तुगततर्फ १३ जना, महिलातर्फ ६ जना रहेका छन् । यस्तै लेखा समिति
दउवा…संयोजकमा भेनस श्रेष्ठ, बुद्धिसागर बराल (बिमल) र निलकण्ठ निरौलाको उम्मेदवारी मनोनयन भएको छ । यस्तै लेखा समितिमा सदस्यमा ६ जनाको उम्मेदवारी परेको छ ।