देश–समाज राजनीति समाचार स्थानीय

देउवा, प्रचण्ड निर्वाचनको पक्षमा ओलीका सर्त

दमक । निर्वाचन हुनै नसक्ने जिकिर गर्दै हिंडेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिक भएका कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसको प्राथमिकना निर्वाचन रहेको बताएका छन् ।
सांसदहरुको हस्ताक्षर लिएर एमालेसँगै सर्वोच्च पुगेको कांग्रेसले वैकल्पिक शक्तिहरुबाट निर्वाचनको माहोल बनाउन एकताबद्ध हुँदै गएपछि यस्तो बताएका हुन । शुक्रबार सञ्चार मन्त्री जगदीश खरेलले ठूला दलका तीन जनै नेताहरुलाई भेटेर निस्कर्ष निर्वाचनमा जाने रहेको पनि खुलाएका छन् । मन्त्री खरेलले देउवाद्वारा निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रह गरेको पनि जानकारी समेत गराए । कांग्रेसको प्राथमिकता कांग्रेस रहेको देउवाले बताएको पनि उनले सुनाए ।
यस्तै एमाले अध्यक्ष ओलीले सुरक्षाको वातावरण बनाउनुप¥यो, निर्वाचनको वातावरण बनाउनु प¥यो भनेको मन्त्री खरेलले सुनाए ।
‘प्रचण्डले निर्वाचनको विकल्प छैन भन्नु भएको छ । अध्यक्ष ओलीबाट चुनावमा जानुपर्छ, सुरक्षाको वातावरण बनाऊ भन्नु भएको छ। तीनजना नेताको भेटघाटबाट फागुन २१ गते चुनाव सुनिश्चित भएको छ । सबै राजनीतिक दलले चुनावमा भाग लिन्छन्। उहाँहरू सबैले फागुन २१ मै निर्वाचन हुनुपर्छ भन्नु भएको छ ।’
यसै क्रममा प्रधानमन्त्री सुशीला कार्कीले पनि देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

Author

You may also like