देश–समाज समाचार स्थानीय

दमक नपाद्वारा ११० जना ज्येष्ठ नागरिक सम्मानित

दमक । पाँचौ ज्येष्ठ नागरिक दिवशको अवसरमा दमक नगरपालिका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । ९० वर्ष माथिका ज्येष्ठ नागरिकमध्येबाट नगरपालिकामा आयोजीत कार्यक्रमबाट ११० जनालाई सम्मान गरेको छ । सो कार्यक्रमबाट १ सय ८ वर्षिय हरिमायाँ सोराली मगरलाई नगरमाता र १ सय २ वर्षिय दानबहादुर आचार्यलाई नगरपिता घोषित भएका छन् । ७५ जना ज्येष्ठ नागरिकलाई नगरपालिकामा र अन्यलाई घरघरमै पुगेर सम्मान गरिएको थियो । नगर उपप्रमुख रेगीना भट्टराईको अध्यक्षता र नगरप्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले ज्येष्ठ नागरिक समाजको ज्युँदो इतिहास भएकोले ज्येष्ठहरुको सम्मान नै समाजको सम्मान भएको बताए । सुरक्षा र स्वास्थ्यका निम्ति नगरपालिकाले ९० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर सेवा दिइरहेको स्मरण पनि गराए । ज्येष्ठहरुका निम्ति नगरपालिका साथमा रहेको पनि उनले उल्लेख गरे ।
सोही कार्यक्रममा बोल्दै उपप्रमुख रेगिना भट्टराई प्रसाईले जहाँ ज्येष्ठहरुको सम्मान हुुन्छ त्यो समाज समृद्धि भएको बुझिने बताईन । उनले आजको ज्येष्ठलाई गरेको सम्मान नै भोलिका दिनमा आफुलाई हुने उल्लेख गरिन् । ज्येष्ठ, युवा, बालबालिका, अपांगता भएका सबै नागरिकलाई लक्षित गरेर नगरपालिकाले विभिन्न कार्यक्रम नगरपालिकाले ल्याएको उल्लेख गर्दै नगरबासीको सेवा नै नगरपालिकाको लक्ष्य रहेको बताईन ।

Author

You may also like