मान्छेले देवता बनाउँछन् । पाल्छन् । हुकाृउँछन् । लालनपालन गर्छन् । देवतालाई जहाँ स्थापित ग¥यो मान्छेले, देवता त्यहीं बसिदिँदा रहेछन् । अनि मानिसको भीड लाग्छ ती देवताको उपासना गर्न । ती देवताको आराधना गर्न । ती देवताको महिमा गाउन । अनि हर क्षेत्रबाट मान्छे आउँछन् हजारौं लाखौं खर्च गरेर ।
देवता पनि कति ज्ञानी ? कति दानी ?
कति स्नेही ? कति ब्यापक ?
हामी सपरिवार धार्मिक यात्रामा थियौं । दक्षिण भारतको ।
यो २०८२ बैशाखको गर्मी समय थियो ।
जव हामी दमकबाट चारआली हुँदै काँकडभिट्टाबाट न्यू जलपाइपाइगुडी लाग्यौं, चारआलीमा पाउ पाथीभरालाई नमस्ते गर्न भ्यायौं ।
‘यहाँ पनि पाथीभरा देवी?’, मेरो प्रश्न थियो ।
‘पाउ मात्रै हुन् । शीर त वहीं हो नि हजुर’, सम्धिको उत्तर थियो ।
हामी एनजेपी रेल स्टेसनमा पुग्यौं ।
मान्छेमाथि मान्छेको सडक !
मिानस्थलमा सनातन हिन्दू धर्म झल्किने चित्रहरू कुँदिएका थिए भित्ताहरूमा । सार्वजनिक स्थानमा । लाग्यो, सनातन संस्कृति यिनलाई कति प्यारो ?
दिल्ली पुग्दा पनि उही चित्रकला देखियो । हनुमानको भीमकाय शरीर, शिवको अनन्त अर्थ लाग्ने चित्रहरू, कुँदिएका मूर्तिहरू इतिहासका, सनातन परम्पराका कथा भनिरहेका थिए । राम र सीताका चित्र । अर्जुन र युधिष्टिरका चित्र ।
गज्जव त जव हामी दिल्ली बिमानस्थलमा प्रवेश ग¥यौं, त्यो भाव अभैm शसक्त बनेर आयो । विमानस्थलका हरेक भित्ताका शीरमा कुँदिएका ती मूर्तिकलाले एकछिन निकै भाउन्न बनायो । हरेका देशी बिदेशी पाहुनाले भारतीय (हिन्दू) संस्कृति चित्रमा देख्ने भए । चित्रमा पढ्ने भए । चित्रमा बुभ्mने भए । चित्रमा एउटा विशाल इतिहास मनन गर्न सक्ने भए । त्यहाँ हनुमानका जोश थिए । शिवका रोश थिए । विश्णुका होस थिए । रामका धैर्यता थिए । लक्ष्मणका इमान्दारिता थिए । युधिष्ठरका त्याग थिए । अर्जुनका पराक्रम थिए । अथवा भनौं, एउटा सभ्यतालाई समुन्नत बनाउन चाहिने मानवीय चरित्र थिए । मानवीय ज्ञान थिए । मानवीय चेतना र ज्ञान थिए ।
मैले देखें, पश्चिमा पर्यटकहरू पनि रमाउँदै थिए ती चित्र देखेर । अनि पो उनीहरू लेख्दा रहेछन्, हिन्दू सभ्यता भनेको भारत हो । इण्डियन सभ्यता हो । त्यो माटोले बोकेको सभ्यता थियो त्यहाँ । मैले संझें, ‘ओरियण्टालिजम’ (पूर्विय सभ्यता) लेख्ने एडवार्ड सैड संझें । उनले पूर्विय सभ्यतालाई असभ्य, अशिक्षित, अज्ञानी भनेर परिभाषा दिए । आज सैड पनि त्यो विमानस्थलमा हुन्थेभने तिनले त्यो लेख सायद लेख्ने थिएनन् ।
पक्का !
तर जुनबेला सैडले त्यो लेख लेखे, भारतीय सभ्यता पछौंटेमै थियो । नास्तिकहरूकै हातमा सत्ता थियो । आज माटोका हरेक कणले तिनको संस्कृतिक वैभवता बोकेका छन् ।
जब हामी दुई घण्टा पच्चीस मिनेटको इन्डिगो एयरबाट तिरूपति बिमानस्थलमा अवतरण ग¥यौं, उही दृष्यहरू आए विमानस्थलका भित्ताहरूमा । तिरूपति बैंकटेस बाबा उदाउन थाले यत्रतत्र । बाबा अब भित्तामा मात्र थिएनन्, उनी यात्रुहरू निस्किने दोसाँधमा ठिङ्ग उभिएका थिए । अनि हरेक यात्रुले बैकटेस बाबा र उनकी धर्मपत्नी लक्ष्मीको श्पर्श गर्न थाले । तिनका छेउमा उभिएर फोटा खिच्न थाले । बाबाको छेउमा उभिँदा पाइने आनन्द र अमरत्वको भाव हर यात्रुलाई हुँदोरहेछ । हामीले पनि फोटा खिचायौं बैकटेस बाबालाई छेउमा राखेर ।
मैले मेरो देशका विमानस्थलहरू संभेंm । के तिनमा भगवानका मूर्ती छन् ? आस्थाका, धर्म र संस्कृतिका आयामहरू छन् ? तिनमा नेपाली माटोको पहिचान छ त ?
केही छैन । छन् त मन्त्री र राष्ट्रपतिका फोटा छन् ।
नहन् पनि किन, तीनै नेता त त हुन् नेपालीहरूका देवता ! गणेश पनि तिनै नेता हुन् । बैंकटेस बाबा पनि तिनै नेता हुन् । भगवान कृष्ण पनि तिनै नेता हुन् । ब्रम्ह पनि तिनै नेता हुन् । बिष्णु पनि तिनै नेता हुन् । शिव पनि तिनै नेता हुन् ।
नास्तिकहरूको देशमा नेता नै भगवान भएपछि कसको के लाग्छ ?
आपैmलाई ग्लानी भयो ।
विमानस्थलबाट बाहिर निस्किने ठाउँमा अगाडि मान्छेहरूको लामो लाइन थियो । त्यहाँ महिला पनि थिए । बृद्ध पनि थिए । चपपल लगाउनेहरू पनि थिए । कपाल पालेकाहरू पनि थिए । कपाल काटेकाहरू पनि थिए । नयाँ लुगा लगाउनेहरू पनि थिए । पुराना लुगा लगाउनेहरू पनि थिए ।
‘क्यूँ लाइन हे, भाइसाव ?’ मैले लाइनमा खडा भएको एउटा भाइलाई सोधें ।
‘तिरूपति बाबा डोनेसन के लिए । जिसको कारण आप जल्दी दर्शन करपाएँगें ।’
‘कितना खर्च आएगा?’
‘दश हजार रूपए ।’
मेरो सातो गयो ।
यति पैसाले त तिरूपति दर्शन गरेर, होटलमा बसेर, खाना खान पनि पुग्छ ।
वाफ रे वाफ !
मान्छेहरू दश हजार रूपैया खुरूखुरू बुझाइरहेका थिए । तिनमा दश हजार भारतीय रूपैंया भगवानका लागि भनेर बुझाउँदा पनि मुस्कान थियो । उत्साह थियो । उतकण्ठा थियो ।
दैनिक रूपमा यसरी कति पैसा
उठ्छ होला ?
हैट !
हामी गाडी लिने तरखरमा थियौं । विमानस्थलमा टिकट काटेर मात्रै गाडी पाइने रहेछ । एउटा ५ सिटे गाडीले ३ जना मात्रै बोक्दो रहेछ । अचम्म !
त्यसपछि हामी गाडी लिएर तिरूपति स्थित ‘होटल सेभेन इन’ तिर लाग्यौं ।
भेलि पल्ट हाम्रो तिरूपति बालाजीको दर्शन गर्ने कार्यक्रम थियो ।
दमक, झापा