देश–समाज पत्रपत्रिका

प्रधानमन्त्री केपी शर्मा ओलीकाे सीमा निरीक्षण कार्यक्रम स्थगित

दमक/ प्रधानमन्त्री केपी शर्मा ओली सीमा निरीक्षण लागि ताप्लेजुङ जाने समय स्थगन भएको छ ।

यही मङ्सिर ५ गतेका लागि सो कार्यक्रम तय भएकोमा अचानक स्थगन भएको कुरा प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले बताएका छन् ।

जिल्लाको उत्तरी क्षेत्र र तिब्बतको सीमा क्षेत्र टिपताला भञ्ज्याङको निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका ६ को लेलेपको घुन्सामा निर्माण गरिएको स्वास्थ्य एकाइ कार्यालय उद्घाटनको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओलीको ताप्लेजुङ जाने तयारी भएको थियो ।

सत्तारूढ नेकपामा बढ्दै गएको विवादका कारण प्रधानमन्त्री ओलीले भ्रमण स्थगन गरेको हुन सक्ने बताइएको छ ।

You may also like