कला/साहित्य/संस्कृति फिल्मी खबर मनोरञ्जन स्वास्थ्य

डिप्रेशनपछि कपिल शर्माले कसरी घटाए शरीरको ११ केजी तौल

एजेन्सी । बलिउडका कमेडीयन कपिल शर्मालाई डिप्रेशन भएपछि शरीरको वजन निकै बढेको थियो ।

तर यतिबेला लकडाउनको समयमा उनले आफ्नो फिटनेशमा निकै मेहनत गरेपछि उनको शरीर फिट देखिएको छ ।

डिप्रेशनपछि कपिल शर्माले कसरी घटाए शरीरको ११ केजी तौल

कमेडियन एक्टर शर्माले सञ्चालन गरेको द कपिल शर्मा शोको पछिल्लो केही एपिसोडहरुमा कपिललाई फिट देखिँदै आएको छ ।

उनले शरीरको धेरै वजन कम गरेका छन् । उनको शरीरको फिटिङ हेर्दा तीन वर्ष पुरानो अवतारमा फिर्किएको जस्तो देखिन्छ ।

उनी आफैले पनि कपिल शर्मा शोमै आफू ११ केजी वजन घटेको बताएका छन् ।

सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गर्दै कपिलले आफ्नो शरीरको तारिफ गर्दै ९२ केजी वजनबाट घटाएर ८१ केजीमा झारेको बताएका छन् ।

शरीरको वजनका कारण ठूलो पर्दाबाट टाढा भएका कपिल अब भने पुनः अभिनयको संसारमा पाइला राख्दैछन् ।

उनी एउटा वेभ सिरिजमा प्रमुख भूमिका निभाउने तयारीमा छन् । कपिल उक्त नयाँ प्रोजेक्टका लागि निकै उत्साहित देखिन्छन् ।

Author

You may also like