अचेल ज्ञान बाँडनेहरूको जुलुश छ । जहाँ पनि यस्ता ‘ज्ञानका पोका’ भएका मान्छेहरू भेटिन्छन् । ती यति धेरै ‘ज्ञान’ भएका छन् कि तिनको ज्ञान अमापकीय छ । ती जेमा पनि ज्ञान बाँड्छन् । म देख्छु तिनलाई । ती फेसबुकमा छिनछिनमा ‘ज्ञान’ को पोस्ट गर्छन् । अनि कमेन्ट गर्छन् उस्तै ‘ज्ञानी’ भएर । ती टिकटकमा पोस्ट गर्छन् । ती इन्स्टाग्राममा पोस्ट गर्छन् । ती अनलाइनमा पोस्ट गर्छन् । मानौं, ती गुरू हुन्, अनि उपदेश दिन्छन् । ती पण्डित्याईं गर्छन्, मानौं ती बेदव्यास हुन् । अनि तिनको ज्ञान देखेर मैले आपूmलाई ‘अज्ञानी’ घोषणा गर्न बाध्य भएको छु ।
‘ज्ञानी’ हरूको बीचमा अज्ञानीको यो ‘बडापत्र’ ल्याटिन अमेरिकाका दुईवटा घटनासंग संबन्धित छ ।
२००३ देखि हालसम्म ३ पटक गरेर ११ बर्ष ब्राजिलमा शासन गरेका लुलाको पालमा के भएको थियो र हाम्रा एकथरी राजनीतिकर्मीहरू लुलाले ब्राजिलमा चौथो कार्यकालको लागि राष्ट्रपति चुनाव जित्दा यहाँ ‘महोत्सव’ गरे । सामाजिक सञ्जालमा लुलाको देवत्वकरण गरे । उनलाई महान भने । उनलाई अग्रगामी भने । उनलाई परिवर्तनकामी भने । भन्दा भन्दै उनलाई कम्युनिष्ट भन्न पनि भ्याए । उनको जीतलाई कतै रूशको अक्टोवर क्रान्तिसंग दाँजे, कतै चीनको सांस्कृतिक क्रान्तिसंग दाँजे । मानौं लुला उत्तरवर्ती माक्र्स हुन् । उत्तरवर्ती लेनिन हुन् । उत्तरवर्ती माओ हुन् । लुलाको जीतमा गौरवको सीमा रहेन हामी र हाम्राहरूलाई ।
त्यसो त भेनेजुएलामा निकोलस मदुरो पटक पटक राष्ट्रपति चुनिँदा पनि यहाँ यस्तै उत्सव मनाउँथे हाम्रा ‘अग्रगामीहरू’ । मानौं मदुरो माक्र्स हुन् । मानौं मदुरो लेनिन हुन् । मानौं मदुरो माओ हुन् । तिनको दर्शन गरेपछि नेपाल ‘लाल किल्ला’ बन्छ । नेपालका मक्युनिष्टहरूलाई मलजल भएर तिनको ‘उभार’ आउँछ । नेपालमा क्रान्ति ‘सफल’ हुन्छ । नोपलको सामन्तवाद अन्त्य हुन्छ । ‘भारतीय बिस्तारवाद’ र ‘अमेरिकी साम्राज्यवाद’ को समूल अन्त्य हुन्छ । मदुरो मक्का मदिनाका देवता हुन् ।
तर दर्भाग्य, उनै मदुरोको पालमा ३०० प्रतिशत मुद्रास्फिति भयो । आर्थिक रूपले देश मरणासन्न भयो । तैपनि हाम्राहरूले ‘भेनेजुएला’ भन्न छाडेनन् । यिनको भेनेजुएला मोह उखानमै रूपान्तरित भयो ः ‘बेला न कुबेला, भेनेजुएला’ । अहिले मदुरो अमेरिकी कब्जामा छन् र भेनेजुएला अमेरिकाको एउटा ‘स्टेट’ बन्ने सम्भावना पनि बन्दै गएको छ । त्यो राजनीतिक मक्का मदिना ढलेको छ अहिले ।
यसरी हाम्राहरूको ‘अज्ञानी मोह’ पटकपटक देखिन्छ र यसपाली पनि ब्राजिलमा लुलाको जीतसंगै अर्को ‘अज्ञानी मोह’ पर्दामा उत्रिएको छ । लुइज इनासिनो लुला दी सिल्भा
(लुला) ले यति लामो समय पटक पटक (यो चौथो पटक) कार्यकारी राष्ट्रपति भएर ब्राजिलको सत्ता सम्हाल्दा ब्राजिलको अर्थव्यवस्था उन्नत भयो त ? हामीले ग्रहण गर्न योग्य भयो त ? भेनेजुएलाको ‘तिर्सना’ यसले मेट्छ ? राजनीतिक मक्का मदिनाको तिर्सना यसले मेट्छ त ?
पटक्कै मेटदैन । तथ्यांकहरूले त्यो पुष्टि गरेका छैनन् । तथ्यांकले त लुलाको ११ बर्षे कार्यकाललाई ‘निरासाजनक’ भन्छ । अब हुने कार्यकाल पनि यस्तै समयरेखामा कुदिरहेको छ । उस्तै ।
लुलाले सामाजिक क्षेत्रमा खर्च बढाएर उत्पादनमूखी काममा अवरोध सिर्जना गरे । सरकारी खर्च अत्याधिक बढ्यो । पेन्सन, सामाजिक सुरक्षाभत्ता बढाइयो । ऋण तिर्न गारो भयो । लगानी बढेन । राष्ट्रऋण बोक्नै नसक्नेगरी
(जीडीपीको ९८ प्रतिशत) भएर बढ्यो । यो तथ्यांक सबैभन्दा खतरनाक हो ।
ब्राजिल अहिले जीडीपीको ८.९९ प्रतिशत रकम त ऋणको ब्याज मात्रै तिर्छ । ब्राजिल अहिले सार्वजनिक ऋण जीडीपीको ८२.९ प्रतिशत तिरिरहेको छ, र ब्याज दर पनि १३.७५ छ । हे भगवान, कसरी धान्छ देशले यस्तो आर्थिक संकटलाई?
सार्वजनिक खर्चलाई आर्थिक गतिविधि मान्ने (हाम्रा अर्थ न बर्थविद् डा. वागले पनि यही बाटामा हिंडन खोज्छन्) ब्राजिलको यो दर्शनले राजश्व बढ्ने कुरै भएन । गतिविधि न बढेको हो । खर्चमूखी (कम्युनिष्ट पढेकाहरूको साझा मन्त्र) अर्थव्यावस्थाले उत्पादकत्वमा हस ल्याएको छ ।
त्यतिमात्रै होइन, लुलाको यो आर्थिक आदर्शले व्याजदर घटाउन नसकेर लगानी न्यून भएको छ । पैसा छ, लगानी छैन (नेपालको अहिलेको अवस्था जस्तै) । मुद्रास्फिति झन बढिरहेको छ । लुलाको कर प्रणाली ‘उपभोक्ता कर सुधार’ योजना २०२३ ले उत्पादनमा निराशा ल्याइरहेको छ । आर्थिक अनिश्चितता ल्याइरहेको छ । उत्पादकत्वको बृद्धिमा अवरोध गरिरहेको छ । नीजि क्षेत्र निरास छ । २०२१ मा ४ प्रतिशत जिडिपी भएको २०२३ देखि लुलाको तेस्रो पालामा आइपुग्दा २ मा झरेको थियो । अहिले चौथो पालमा आइपुग्दा पनि ३ हुनसकेको छैन ।
अर्कोतिर आप्mनै अगुवाइमा अमेरिकाको रिसले डलरको बिकल्प दिने भनेर सुरू गरेको ‘ब्रिक्स’ पनि एउटा आधिकारिक संरचना बनाउन नसकी मरणासन्न भएर बसेको छ । न त यसको आधिकारिक कार्यलय छ, न त यसको कुनै प्रभाव छ । शक्तिशाली भनिएका नेताहरू भेला हुन्छन्, बोल्छन्, जान्छन् । यत्ति हो । लुलाको यो योजना पनि काम लागिरहेको छैन । लुलाले भेनेजुएला जोगाउन सकेनन् । क्यूवा जोगाउन सकेनन् । कोलम्बिया जोगाउन सकेकनन् । आपैm त महादेव भएपछि कसैको केही लाग्दो रहेनछ ।
सामाजिक सञ्जालमा लुलाको जीतलाई महान उपलब्धी ठान्ने ज्ञानी साथीहरूलाई दुई हात जोडेर यो अज्ञानीको तर्पmबाट नमस्कार टत्र्mयाएँ ।
यो भन्दा अरू केही भन्ने आँट पनि छैन । बुद्धि पनि छैन । मेरो यो ‘काम नलाग्ने ज्ञान’ ले अखबारको आधा पृष्ट भरेछ नभन्नुहोला । किनभने यो समय अज्ञानीहरूको ज्ञान सुन्ने समय हो । माछाले उडन सिकाउने ज्ञानको समय हो । बाँदरले सिकार गर्न सिकाउने ज्ञानको समय हो ।
हामी सबै यही समयका ज्ञानी मान्छे रहेछौं ।
– दमक, झापा