एजेन्सी / भारतीय चर्चित एमडिएच मसला ग्रुपका मालिक धर्मपाल गुहाटीको ९८ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।
गुहाटी विगत केही समयदेखि दिल्लीको चानन देवी हस्पिटलमा भर्ना भएका थिए ।

मसला ब्यापारी तथा एमडीएच मसलाका फाउण्डर गुहाटी भद्मभूषण सम्मानबाट सम्मानित भएका थिए ।
उनी भारतमा मसला उद्योग खोल्नु अघि टांगा चलाउने गर्दथे ।
गुहाटीले पाँच कक्षा पढ्दा पढ्दै छोडेर उनका पिताको मद्दतमा ब्यापार शुरु गरेका हुन् ।
भारत र पकिस्तान विभाजन भएपछि उनी दिल्ली आएका हुन् ।
१९४७ मा दिल्ली आउँदा उनीसँग १५०० रुपैयाँ थियो । उनले ६५० मा एउटा टांगा खरिद गरी नयाँ दिल्लीस्थित रेल्वे स्टेशनदेखि कतुब रोडको बीचमा टांगा चलाएका हुन् ।
ब्यापार बाहेक उनले धेरै सामाजिक काम पनि गरेका छन् । उनले धेरै अस्पताल, विद्यालयहरु पनि खोलेका छन् ।