समाचार

नब्याई २ वर्षदेखि दैनिक ५ लिटर दूध दिँदै लामिछानेकाे काेरली

काेरली

उर्लाबारी । मोरङको उर्लाबारी–८ राजघाटका देवीप्रसाद लामिछानेको घरमा पालेको कोरली बाछीले नब्याई दूध दिन थालेको २ वर्ष भएको छ ।
४ वर्षको बाछीले नब्याईकन दुईवर्षदेखि निरन्तर बिहान बेलुका गरेर ५ लिटर दूध दिँदै आएको छ ।

लामिछानेले आफैले पालेको लोकल गाईलाई होलस्टेन जातको बिउँ क्रस गराएर नश्ल सुधारगरि जन्मिएको सो बाछी ८ महिनाकै उमेरमा अस्वभाविक गतिविधि देखाउन थालेको किसान लामिछानेले बताए ।

नब्याई २ वर्षदेखि दैनिक ५ लिटर दूध दिँदै लामिछानेकाे काेरली

उनले सानै उमेरमा बाछी कराउन थालेपछि आफूले पशु चिकित्सकलाई बोलाउँदा गर्भधारण गराउने उमेर नपुगेको चिकित्सकले सल्लाह समेत दिएको बताए ।

त्यसको केहि समयपछि गाई सिकिस्त बिरामी परेको र सो समयमा उपचार गराउँदा केहि औषधि खुवाएको लामिछानेले बताए ।

औषधि खुवाएको केहि दिनपछि बाछी दूध दिने लक्षण देखिन र गोठमा रहेको माउ गाईसँगै कोरली बाछीले समेत नियमित दुध दिन थालेपछि घरमा हुने खपतभन्दा बढी भएको दूध लामिछाने परिवारले छर–छिमेकमा बिक्री गर्दै आएका छन् ।

कोरली बाछीले दूध दिन थालेको थाहा पाएका छरछिमेकले सुरुमा अचम्म मानेको देवीप्रसादकी श्रीमती नरमाया लामिछानेले बताइन् ।

बिरामी भएको गाईलाई जुकाको औषधि खुवाएको र त्यसको केही दिनपछि बाछीले दुध दिने लक्षण देखिन थालेको उनले जानकारी दिइन् ।

गाई र बाछीको उपचार गर्दै आएका उर्लाबारीका चिकित्सले बाछी दुहन सल्लाह दिएयता नियमितरूपले दुहुदै आएको नरमायाले बताइन् ।

नब्याई दूध दिन थालेको कोरली बाछी किन्नका लागि केहि व्यक्ति घरमै आएको समेत नरमायाले बताइन् ।

हार्माेनको गडबडीका कारण सो गाईले दुध दिएको हुनसक्ने जानकार बताउँछन् ।

Author

You may also like