देश–समाज राजनीति

कम्युनिष्टहरुले गरिबलाई भर्याङ बनाए– केशवकुमार बुढाथोकी

घर शिलान्यास

झापा । कम्युनिष्टहरुले गरिबलाई सत्तामा पुग्ने भर्याङ मात्रै बनाउने गरेको कांग्रेस नेताहरुले आरोप लगाएका छन् ।

झापाको शिवसताक्षिमा नेपाली कांग्रेसले निर्माण गरिदिन लागेको एक बिपन्न महिलाको घरको सोमबार शिलान्यास गर्दै कांग्रेस नेताहरुले गरिब नागरिकहरु अभाब र पिडामा छटपटाई रहेका बेला गरिबको नारा बेचेर सत्तामा पुगेका कम्युनिष्टहरु कुर्सिको खेलमा लागेको आरोप लगाएका हुन् ।

शिवसताक्षि नगरपालीका वडा नम्बर ११ मा स्थानिय घरबार बिहिन बिपन्न महिला भिमा कुमारी चौधरी राईको घरको शिलान्यास गर्दै कार्यक्रमका प्रमुख अतिथि कांग्रेस केन्द्रिय सदस्य तथा पुर्व मन्त्री केशब कुमार बुढाथोकीले नागरिकहरु कोरोना संक्रमणका कारण आक्सिजन समेत नपाएर मरिरहेका बेला सत्तारुढ दल भने कुर्सिको खेलमा लागेको आरोप लगाए ।

उनले कांग्रेस सत्तामा भए पनि नभए पनि सधैं जनताको दुखमा रहेको भन्दै चाँडै घर निर्माण सम्पन्न गरि हस्तान्तरण गर्न निर्माण समितिलाई आग्रह गरे । कार्यक्रममा कांग्रेस झापा सभापती उद्धव थापाले कम्युनिष्टहरुको सिद्धान्तनै लुटतन्त्र भएको भन्दै कांग्रसले मात्रै नागरिकको दुख र पिर बुझ्न सक्ने बताए । नागरिकहरु महंगी र बेथितिले ग्रस्त भएका बेला सत्तारुढ दलका नेताहरु निर्लज्ज भएर कुर्सिको खेलमा लागेको टिप्पणी गरे ।

शिवसताक्षि ११ दुधेमा नेपाली कांग्रेस सिवसताक्षि नगर समितिको अगुवाईमा स्थानिय बिपन्न महिला भिमाकुमारी चौधरी राईको घर निर्माण सुरु गरिएको कांग्रेस नगर सभापती पर्शुराम ढुंगानाले जानकारी दिए । एकल महिला र स्वास्थ्यमा समेत समस्या भएको र आफ्नाे जमिन समेत नभएकोले १० धुर जग्गा खरिद गरी चार कोठे पक्कि घर निर्माण गर्नको लागी काम थालिएको निर्माण समितिका सम्योजक तथा कांग्रेस नगर उप सभापती बिनोद ढकालले बताए । सोमबार सिलान्यास गरिएको घर आगामी फागुन ७ गते प्रजातन्त्र दिवसको दिन हस्तान्तरण गर्ने गरी काम थलिएको उनले बताए ।

Author

You may also like