बाँस्कोटा धनञ्जय
२०८१ साल घटस्थापनाको दिन । दशैंमा टीकासंग लगाउने जमरा राख्ने दिन थियो । तर हामी बुबा, आमा, कान्छोभाइ र म माइलो भाइको घर रित्तै पारेर त्रिभुवनविमानस्थल आइपुग्यौं । थाइ एयर चढेर बैंकक हुँदै मेलवर्न जानु थियो ।
‘छिटो उठ नानी हो, आज त हामी मेलवर्न जाने दिन’, आमा उज्यालो नभइ उठेर कराउन थाल्नु भयो ।
‘मुसुमुसु हास्दै बुबा पनि उठनु भयो है’, अमाको उत्साह चुलिएको चुलिएकै थियो । कान्छो भाइ समान मिलाउँर्दै थियो ।
गीता बुहारीले खाना तयार गरिसेकी थिइन् । हामी पठाओ बोलाएर विमानस्थलतिर लाग्यौं ।
‘पशुपतिनाथलाई ढोग’, गौसाला पुग्दा आमा कराउँदै हुनुहुन्थ्यो ।
जब हामी विमानस्थलभित्र प्रवेश गर्यौं, प्रहरीको बिजोक देख्नु पर्यो । बाटामा उभिएर एक जना प्रहरी हरेक गाडीलाई आधा रोकेर केही नभनी जानु भनेर इशारा गरिरहेका थिए । आधा रोकेर केही नभनी जानु भन्नुको सुरक्षाको कुन सिद्धान्तसंग मेल खान्छ, थाहा पाउन सकिएन । धुवाँ र धूलोको त्यो पीडामा पौडी खेल्नु पर्ने बाध्यता थियो तिनको ।
पीडाको पनि आयाम हुँदो रहेछ भन्ने लाग्यो ।
हामी थाइ एयरलाई सामान बुझाएर बोर्डिङ पास लियौं । त्यसपछि हामीलाई अष्टेूलियन डलर चाहिने थियो । पहलिा त धेरै सटही केन्द्र थिए भित्र । यस पटक त एउटा बैँकलाई मात्र अनुमति दिएर अरु सबै हटाएछन् ।
‘पहिला त अरु पनि थिए त सटही गर्ने ?’ मेरो प्रश्न थियो ।
‘सेटिङ गरेर अरु सबै हटाएर यसलाई मात्र दिए’ मेरो प्रश्नको जवाफ थियो मेरो छेउमा उभिरहेको एउटा भलादमीको । बैंकहरुमा कतै डलर नपाए पछि विमानस्थलभित्रै साटौंला भनेर भित्र पसिएको थियो । देशमा विदेशी मुद्रा संचिती धेरै छ भनेर कराउने सरकारी मान्छेका आवाजमा पापको लेपन देखें । झुटको बाँण देखें । बेइमानको श्रीपेच दखें । वरवर धेरै कुदियो ।
केही उपाय भएन ।
हामी गल्यौं । समयले गलायो । झुटो राजनीतिले गलायो । खल्तीमा तिनै नेपाली पैसा बोकेर सुरक्षा जाँचको नाटकमा समावेश भयौं । ७९ अर्षका बुबा, ७६ बर्षकी आमालाई समेत जुत्ता फुकाल्न लगाएर ‘नेपाली चरित्र’ देखाए सुरक्ष जाँचमा । निकै दुख लाग्यो । केही बोल्यो भने फर्काउने अधिकार तिनैको छ भनेर आपूmलाई सम्हालें । आमाबुबालाई डोर्याएर कान्छो भाइ र म हिड्नु पर्ने पनि भएकाले पनि हामी बाँधियौं ।
सुरक्षा जाँचपछि हामी ४ नं गेटमा गायौं र विमान पर्खिन थाल्यौं । कान्छो भाई फोटाको पारखी भएकाले गर्दा उसले धेरै फोटा खिच्यो, फेसबुकमा पनि हाल्यो । ऊ पहिलो पटक अष्टूेलिया जाँदै थियो । उसको अनुहार पढें । उसको अनुहारमा जीवनको सबैभन्दा बढी कान्ती देखें । उत्तेजना देखें । हर्ष र उत्कण्ठा देखें । उता आमा पनि थाइ एयरको बोइङ्ग देखाउदै ‘नानी, त्यही हो अरे हामी चढ्ने ? अम्मम, कत्रो? हामीले सधै बिराटनगर उडने त साना नि ?’ आमाको उत्कण्ठा पनि पढें मैले ।
यसैबीच भाइले सम्झायो डटपेनको र त्यो एउटा अकल्पनीय कथा बन्यो । डटपेनको कथा ! अर्थात् चोर बनेको कथा ।
हैट !
‘दाइ, भरे मेलवर्न पुग्ने बेलामा डिक्लेरेसन भर्नु पर्छ भनेको होइन ? लेख्ने त छुटेछ त !’
मेरो पनि घरमै छुटेछ । सबैतिर खोजें, भए पो भेट्नु ?
बुबालाई सोधें, ‘बुबासंग होला हउ, रिटायर्ड टिचरसंग त पक्कै होला ।’ तर बुबासंग पनि थिएन ।
अब के गर्ने ?
किन्ने सोच भयो । नजिकै रहेको पसलमा सोधियो । मैले छुट्टै, भाइले छुट्टै । एउटा पनि डटपेन थिएन, र पाइएन पनि । अर्को आइडियो लगाएँ तीनलाई, ‘नानी, तिम्ले लेख्दै गरेको भए पनि दिनु न । अर्को बाहिरबाट मगाउनु । तपाईंहरुलाई त बाहिर जान दिन्छ, हामीलाई दिदैनन् ।’
तर तिनले दिन सकिनन् ।
उनैलाई चाहिन्छ रे !
अब के गर्ने ?
पर्तिर सुरक्ष जाँचमा बसेको प्रहरीलाई अनुरोध गरें, ‘भाइ, एउटा सारै चाहिने कुरा छुटेछ । यो पसलमा पनि पाइएन । डटपेन चाहिने भयो भरे डिक्लेरेसन भर्न । म बिाहिर गएर एउटा डटपेन सिकनेर आउँछु न ।’
‘मिल्दैन बाहिर जान’, मतिर नहेरी तिनले उत्तर दिए ।
अब के गर्ने ? डटपेन त चाहियो । भरे अर्कालाई कसरी माग्नु प्लेनमा ? बरु यो त नेपालै हो नि । यही मागौं बरु !
विमानस्थलका कर्मचारी र नेपाल एयरलाइन्सका कर्मचारीको डेस्कमा गएँ । आप्mनो समस्या राखें ।
‘नानी, एउटा डटपेन चाहिने भयो । राति कसलाई मान्नु प्लेनमा ? लु न, सहयोग गर बाबु ।’
‘हामी पनि बाहिर जान मिल्दैन सिप्mट नसकी ।’
‘भित्र आउँदै गरेको तिम्रो कोही स्टाफलाई एउटा डटपेन किनेर ल्याउ भन न, प्लीज ।’
‘आप्mनो सिप्mटमा मात्रै आउँछन् । अहिले कोही छैनन् ।’
‘उसोभए तिमीले त्यो लेख्दै गरेको देउ, नानी । तिमीलाई त स्टाफले दिन्छन् नि त ।’
‘हातको त दिन मिल्दैन । ऊ त्यहाँ हाम्रो सुपरभाइजर आउँदैहुनुहुन्छ, भन्नु न ।’
सुपरभाइजर रातो न पिरो भएर आए । हतार हतार रिसाउँदै फाइल खोले । भित्र डट र कलम थिए । …खै ? ..खै ? भनेर प्रश्न मात्रै गरे कर्मचारीलाई । अनि तुरुन्त उता लागे ।
तिनलाई माग्नु भन्दा बोहुलाउनु राम्रो लाग्यो । मुख थुनें ।
‘दाइ, डट पाइयो ?’ भाइ प्रश्न गरेको गरेकै छ ।
‘भेटिएन । कसैले पनि दिएनन् ।’
‘आउनु, बाथरुम जाउँ ।’
भाइ र म बाथरुम जाँदै थियौं । बाटामा मोबाइल चार्ज गर्ने स्टेसनहरु राखिदिएका थिए ।
फर्केर आयौं ।
‘दाइ, इ, डटपेन ।’ बिर्को बिनाको डटपेन मेरा हातमा हाल्दै भाइ हाँस्न थाल्यो ।
‘कस्ले दियो ?’
‘मेबाइल चार्जरले’
‘लौ, कसरी चार्जरले दिन्छ डटपेन ?’
‘एउटाले मोबाइल चार्ज गरेर मोबाइल लगेछ, डट लान बिर्सेछ । मेरो पालो ल्याएँ ।’
‘हैट !’
डट पाइयो । हाम्रो काम चल्ने भयो ।
बोइङ चढदै गर्दा बुबाले त्यासको आयामक नियाल्नु भयो ।
‘कत्रो हउ !’
बुबा आमा र भाइको अष्टूेलिया घुम्ने मीठो सपनाभित्र तितो डटपेनको कथा बोकेर हामी करीव ४ घण्टापछि बैकक पुग्यौं ।