दमक । दमक नगरपालिकाले जेनजी आन्दोलनपछिको परिस्थिति पछि सोको विश्लेषण गर्दै जारी गरेको स्वेतपत्र अनुसारका योजनाहरु मंसिरबाट चाँडै सुरु गर्ने भएको छ ।
सो सम्बन्धमा आइतबार दमक नगरपालिकाका प्राविधिकहरुसँग नगरप्रमुख रामकुमार थापाले छलफल गरी मंसिरबाट काम सुरु गर्न निर्देशन दिएका छन् । नगरप्रमुख थापाले प्राप्त र उपलब्ध स्रोतको आधारमा योजना जतिसक्दो चाँडो सञ्चालन गर्न र पूर्वानुमान आधारमा नभई यथार्थ र तथ्यका आधारमा आफुसँग भएको आर्थिक अवस्थालाई ध्यानमा राखेर योजना अगाडि बढाउन निर्देशन दिएका छन् ।
कार्यपालिकाको निर्णय अनुसार जारी स्वेत पत्रमा नेपाल सरकारले धेरै क्षेत्रका बजेट कटौति गरेको र दमक नगरपालिकामा लक्ष्य अनुसारको राजश्व संकलन नहुने देखिएकाले पनि बजेटको अभाव विध्वंस भएको दमक नगरपालिकाका गतिविधि अगाडि बढाउन चुनौतिपूर्ण रहेको उल्लेख छ । यद्यपि आम दमकबासीको साथ, सहयोगबाट विद्यमान चुनौतिहरुलाई पार लगाउन दमक नगरपालिका सक्षम हुने आशा पनि सो प्रेसनोटमा उल्लेख गरिएको छ ।
सोही आधारमा आ.व ०८२÷०८३ मा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत पूर्वाधारतर्फका आयोजनाहरु, संघीय समपूरक अनुदान प्रदेश ससर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान, नगरस्तरीय आयोजना र वडास्तरीय आयोजनाहरुको पूर्वाधारतर्फका आयोजनाहरुबाट १० प्रतिशत कट्टा गरी बाँकी आयोजनाहरुको खरिद प्रक्रिया अगाडि बढाउँदै कात्तिक १८ गतेको कार्यपालिकाको बैठकको निर्णय र त्यसपछि जारी स्वेतपत्रमा आधारित रहेर कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाउन निर्देशन नगरप्रमुखको रहेको थियो । नगरप्रमुख थापाले वडा स्तरीय सिलिङ र नगरस्तरीको १० प्रतिशत कट्टा गरी सो रकम क्षतिग्रस्त नगरपालिका सञ्चालन तथा पूर्वाधार निर्माणमा खर्च हुने भएको छ । सोका लागि मंसिर लागेपछि खरिद प्रक्रिया अगाडि बढाई उपभोक्तासँग सम्झौता र ठेक्का प्रक्रिया अगाडि बढाउन लगत स्टिमेट, डिजाईन गरिसक्न नगरप्रमुखबाट निर्देशन भएको छ ।
प्रेस नोटमा दमक नगरक्षेत्रभित्र जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी संरचनामा भएका तोडफोड, आगजनी र लुटपाटबाट भएका क्षतिको दस्तावेजीकरण समेत प्रस्तुत गरिएको छ । दमक नगरपालिकाको सार्वजनिक संरचना, यन्त्र उपकरण, फर्निचर लगायतमा गरी नगरपालिकाको २३ करोड भन्दा वढी क्षतिभएको प्रारम्भिक अनुमानबाट पुष्टीभएको छ भने २ वटै प्रशासनिक भवनबाट सार्वजनिक सेवा प्रसारण गर्न नसकिने प्राविधिक प्रतिवेदन प्राप्त भएको उल्लेख छ ।
प्रेस नोटमा उल्लेख गरिएका आगामी कदमका विषयलाई समेत समेटेर नगरप्रमुखले कार्यान्वयनको पहल गर्न निर्देशन दिएका छन् । प्रेस नोटमा शर्शत अनुदान तर्फका कार्यक्रमहरु तत्कालबाट संचालन गर्ने, अनुत्पादन प्रकृतीका आयोजना ÷ कार्यक्रम रोक्का गर्ने, चालु खर्च मितव्ययी ढंगले गर्ने, जनप्रतिनिधि तथा कर्मचारीले कानूनले तोके बमोजिम बाहेकका थप प्रोत्साहन सुविधाहरु नलिने । नभई नहुने प्रकृतिको कार्य वाहेकमा वाह्य परामर्श सेवा नलिने, वडा तथा नगरको आयोजना÷ कार्यक्रमहरुमा विनियोजित रकमबाट व्यहोर हुने गरी १० प्रतिशत बजेट अर्को व्यवस्था नभए सम्मका लागि रोक्का ÷ स्थगन गर्ने, रोक्का ÷ स्थगन गरीएको १० प्रतिशत रकमबाट पालिकाका सार्वजनिक संरचनाहरु पुननिर्माण गर्ने, पुन
निर्माणका लागि विकास साझेदारहरुसँग सहकार्य गर्ने, नगर अन्तर्गतका सवै संरचनाको विमा गर्ने, पुराना सामग्री प्रयोगमा प्रोत्साहन गर्ने र पुराना सामग्री मर्मत गर्नु पर्ने भए मर्मत गरी प्रयोग गर्ने, अस्थायी, करार तथा ज्यादारी कर्मचारीहरुलाई मिति २०८२÷०७÷०१ गते बाट लागू हुने गरी सम्झौता रद्ध गरिएको। (४१ जना), चालु आर्थिक वर्षका लागि देहायका वितरणमुखी कार्यक्रम अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गर्ने, रुग्ण ठेक्का तोड्ने। (हिमावी, दुकुरपानी र दमक क्याम्पस), आन्तरिक आयमा टेवा पू¥याउने प्रकृतिका आयोजनाहरुलाई तिव्रताका साथ संचालन गर्ने। (सपिङ कम्प्लेक्स)लगायतका कामहरु तत्काल गर्ने स्वेतपत्रमै जारी गरिएको थियो ।

Author

You may also like