भोलानाथ शिवाकोटी पुरानाघरे

टिकटकका पछाडि नेपालीहरू खनिएको अवस्था देखेर अलिक बेकामे ताल लागिरहेको छ ।
१. एउटा ए्याप बन्द हुँदा भुत्राको वाक स्वतन्त्रता हानी हुन्छ ?
२. यो ए्यापका पछाडि विश्वका अधिकांश देशका सरकारहरूले चिन्ता, चासो, र सुरक्षाका दृष्टिकोणले जोखिमपूणर् रहेको निक्र्यौल दाखेल छन् ।
३. चाइनाले यस ए्यापका माध्यमले व्यक्ति र संस्थानका निजी र गोप्य सूचना हजाम र दुरूपयोग गर्ने गरेको अमेरिका, क्यानाडा, बेलायत, र अन्य थुप्रै देशहरूको अनुसन्धानको जिकिर छ । त्यसो त चीनले आधिकारिक यसो होइन भनेको पनि छैन ।
४. वैयक्तिक स्स्वन्त्रताका कोलोनीहरूमा पूँजीवादका हवेली निर्माण गर्ने अमेरिकाले यसलाई बन्द गर्ने वा त मापदण्ड पुग्ने गरी सञ्चालन गर्ने अमेरिकी कम्पनीलाई बेच्न पनि सुझाएको छ ।
५. टिकटकको अस्तित्व भन्दा नेपाली नागरिकहरूको जानकारी, निजी जानकारी, र गोप्य सूचनाहरू कैयनगुणा महत्वपूणर् हुन्छन् ।

६. कुनै पनि कुराको सतहमा झुमेर सञ्जालमा लट्ठिनु नागरिक, पत्रकार र विद्वान्हरूलाई छुट होला त ?
७. यदि प्रयोगकर्ता नागरिकका जानकारी हजाम भएर व्यक्ति, देश, र सरकारलाई हानी हुन्छ भने टिककट अबिलम्ब बन्द हुनु पर्छ । नेपाल सरकारले यो अत्यन्त राम्रो काम गर्यो ।
८. यदि गत महिनादेखि राजावादीहरूको टिकटकको चहलपहल देखेर सरकारको ह्याकुलो कामेको हो भने यो घाँटी छिनेको सर्पले मुख बाएको जस्तो हुनेछ ।
९. जनताका जानकारीको सुरक्षा, सामाजिक सद्भाव र सूचनामा सत्य-तथ्य प्रभावमा सरकारले कुनै सामाजिक ए्याप बन्द गर्नु सरकारको जिम्मेबारी हो ।
१०. नेपाल बाहिर भएका भूपु नागरिक, पत्रकार र यस्ता मानिसहरूले नेपालमा टिकटक बन्दका विषयमा लेखेको देखेर के भन्नु र खै । संसारका तीस देशहरूमा यो किन बन्द छ भनेर बुज्न पनि चाख राख्ने कि ?

हाल ः अमेरिका

You may also like