देश–समाज राजनीति समाचार स्थानीय

प्रचण्ड झापा आउँदै, विभिन्न दल परित्याग गरेका माओवादीमा प्रवेश गर्ने

दमक/ नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) झापाको गौरीगञ्ज आउने भएका छन् । यही पौष १५ गते विभिन्न पार्टी परित्याग गरी माओबादी केन्द्रमा प्रवेश गर्ने सयौ कार्यकर्ताहरुलाई स्वागत तथा सम्बोधन गर्न अध्यक्ष प्रचण्ड झापा आउने कार्यक्रम तय गरिएको नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नी)ले जानकारी दिए ।
बुधबार गौरीगञ्जमा आयोजित प्रदेश तथा जिल्लाका अगुवा कार्यकर्ताको संयुक्त बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्र कोशी प्रदेश इन्चार्ज हरिवोल गजुरेलले पछिल्लो समय माओवादीप्रति जनविश्वास बढ्दै गएको बताए । उनले जनयुद्धको बेला पश्चिमले कमाण्ड गरेको आन्दोलन पूर्वमा आएर जनविद्रोहको रुप लिएको र निर्णायक आन्दोलन काठमाण्डौ केन्द्रीत भएपछि राजतन्त्रको अन्त्य भइ लोकतन्त्र स्थापना भएको स्मरण गर्दै अब समाजबादी क्रान्तिको आधार पूर्वले तयार गर्नेगरी संगठन विस्तारमा लाग्न कार्यकर्तालाई निर्दैश गरेका छन् ।
अध्यक्ष प्रचण्डले झापाको गौरीगञ्जका विभिन्न वडाबाट माओबादीमा प्रवेश गर्ने सातसय बढी नवप्रवेशीहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको जनाइएको छ । नवप्रवेशीहरुको नाम लिष्ट तयारी गर्न पार्टीका प्रदेश सचिवालय सदस्य दुर्गा चौलागाई (श्रीकान्त) को नेतृत्वमा पालिका इन्चार्ज, अध्यक्षलगायतको टोली खटिएको केन्द्रीय सदस्य रञ्जित तामाङले जानकारी दिए ।
बैठकमा प्रदेश समितिले जारी गरेको सर्कुलर जिल्ला सहसंयोजक सीपी कडरियाले पढेर सुनाएका थिए । प्रचण्ड आउने कार्यक्रमको तयारीकालागि यौङ कम्युनिष्ट लिग (वाइसीएल)लाई प्रदेश र जिल्ला स्तरबाट परिचालन गरिने वाइसीएल नेपालका केन्द्रय सचिव डम्बर पुलामी (कर्मा) ले जानकारी दिए ।
जिल्ला इन्चार्ज झलकसिं दलामीले अध्यक्षता गरेको कार्यक्रम तयारीकालागि आयोजना गरिएको बैठकमामा केन्द्रीय सदस्यहरु धर्मशिला चापागाई, रञ्जित तामाङ, लक्ष्मी न्यौपाने सरु, हरिकुमार राना, ज्योतिसिं दर्लामी, भोजेन्द्र चौलागाई, प्रदेश उपाध्यक्ष मणीकुमार साङपाङ, लगायत प्रदेश, जिल्ला र नगरका नेताहरुको उपश्थिति रहेको थियो । दुईमहिना अघिमात्रै झापाकै विर्तामोडमा तीनसयबढी नवप्रवेशीहरुलाई अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए ।

Author

You may also like