दमक/ दमकको गुम्बा चौकदेखि मावाखोलासम्मको सडक कालोपत्रे सुरु गरिएको छ ।
यस क्षेत्रका संघीय सांसद समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा प्रदेश सरकारको १८ करोड बजेटमा साढे ७ किलोमिटर सडक कालोपत्रे सुरु भएको हो ।
मोतिदान कन्स्ट्रक्सनले ठेक्का पाएको गुम्बा चौकबाट वडा नं. २ को वडा कार्यालय, ढुकरपानी हुँदै मावाखोलासम्मको सो सडकको चौडाइ ५० फिट रहेको छ ।
त्यसमा ४० फिटभित्र सडक कालाेपत्रे हुने र बाँकी १० फिट भित्र ड्रेड र फुटपाथ रहने दमक २ का वडाध्यक्ष प्रजापति सापकाेटाले जानकारी दिएका छन् ।
साे सडककाे एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी कार्य सुरु भएको समेत सापकोटाले जानकारी दिए ।