गोपाल गड्तौला
अमेरिका/ अमेरिकामा रहेका झापालीहरुको संस्था झापाली समाज अमेरिकाको अध्यक्षमा मोहनकुमार उप्रेती निर्वाचित भएका छन् । एकसय १४ मतल्याई विजयी बनेका उप्रेतीका प्रतिस्पर्धी डा. भेषराज मैनालीले ८८ मत ल्याए । यसैगरी वरिष्ठ उपाध्यक्षमा १सय ४ मत ल्याइ निलम विमली निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी मोहन ओलीले ९८ मत पाए । यसैगरि उपाध्यक्षमा डा. कुमार मैनाली, भुमा खरेल, आसिव संग्रौला र रोशन विमली निर्वाचित भएका छन् । उनीहरु चारैजना निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै, महासचिवमा १ सय १३ मतकासाथ सिता पाण्डे निर्वाचित भएकीछिन् । महासचिबका अर्का उम्मेद्धार युवराज खनालले ८९ मत ल्याएका छन् ।
त्यस्तै, सचिबमा तोया पौडेल र कोषध्यक्षमा प्रसंन्न संग्रौला निर्वाचित भएका छन् । यसैगरी सहकोषध्यक्षमा उत्सव गौतम, महिला संयोजकमा गौरी रिसाल, युवा संयोजकमा उज्जवल रे र सञ्चार संयोजक तथा प्रवक्तामा कल्पना पाण्डे निर्वाचित भएका छन् । यसैगरी सातजना कार्यकारी सदस्यमा कविन्द्र सिटौला, लक्ष्मी ढुंगाना, दिपा ओली, राजकुमारी (रोजा) ओली, देवेन्द्र शिवाकोटी, कृष्ण तिम्सिना र राजेन्द्र पाण्डे विजयी भएकाछन् ।
गएको २१ र २२ डिसेम्बरमा भएको समाजको उक्त अनलाईन भोटिङ्गमा कुल २ सय १७ मध्ये २ सय २ अर्थात ९३ दशमलव ०९ प्रतिशतले मतदान गरेको निर्वाचन समितीका उप आयुक्त खगेन्द्र अधिकारीले बताएका छन् । नव निर्वाचित समितीको कार्यकाल ३ वर्षको रहनेछ । समाजले झापा लगायतका केहि जिल्लामा गरिव तथा जेहेन्दार वालवालिकालाई पढाउने लगायतका परोपकारी कार्य गर्दै आएको छ । ३ सदस्यिय निर्वाचन समितीको आयुक्तमा डा. शम्भु ढुंगाना, उप आयुक्तमा अधिकारी र आयुक्तमा डिल्ली थापा थिए । निर्वाचन समितीले नव निर्वाचित पदाधीकारीहरुकालागि यहि जनवरी ४ मा भर्चुअल माध्यमबाट पदस्थापन, पद हरुतान्तरण र सपथग्रहण गरिने जानकारी दिएको छ ।