समाचार

जाँगरिला सहकारी नयाँ कार्यालयमा

दमक/ झापाको दमकस्थित जाँगरिला महिला कृषि सहकारी संस्थाले आइतबारदेखि नयाँ कार्यालयबाट कारोवार शुरु गरेको छ । कार्यालयको औपचारिक उद्घाटन जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले गरे । दमक–५ स्थित भृकुटी चौकमा सञ्चालन गरिएको नयाँ कार्यालयको उद्घाटनका क्रममा अध्यक्ष ढकालले पछिल्लो समय सहरकारी संस्था सञ्चालनमा बिभिन्न चुनौती आएको बताए । अहिले धेरै सहकारीहरु सञ्चालनमा समस्या भएर मर्ज हुने क्रम तिब्र रुपमा अघि बढेका र चल्न नसकेका केही सहकारी बन्द गर्ने चरणमा पुगेको उनले जानकारी दिए ।
महिलाले नेतृत्व गरेर सञ्चालन गरेका सहकारी भने धेरै सफल भएका उदाहरण दिँदै उनले कृषि सहकारी भएकाले यहाँ आवद्ध हरेक महिलालाई कृषिसँग सम्बन्धित उद्यमसँग जोडेर उद्यमी बनाउने तर्फ कार्यक्रम सञ्चालन गर्न सुझाव दिए । कार्यक्रममा दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले सहकारीको उद्देश्य अनुसार सबै सेयर सदस्यको उद्देश्य र व्यवहार मिल्न सकेमा लक्ष्य पूरा हुने बताए । कार्यक्रममा जिल्ला सहकारी संघ झापाकी पूर्व उपाध्यक्ष गीता कुँवर, राष्ट्रिय वाणिज्य संघका दमक नगर अध्यक्ष ध्रुव भट्टराईले शुभकामना दिएका थिए । कार्यक्रम सहकारीकी अध्यक्ष पार्वता ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो । सहकारीमा लगभग दुई सयभन्दा बढी सेयर सदस्य रहेका छन् ।

Author

You may also like