देश–समाज राजनीति राष्ट्रिय समाचार स्थानीय

शाही युवा शक्ति नेपालद्वारा पूर्वराजा ज्ञानेन्द्रलाई राजा घोषणा : राजासहितको निर्वाचित कार्यकारी प्रधानमन्त्री राख्न राप्रपा अध्यक्ष लिङ्देनको माग

काठमाडौं । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा घोषणा गर्दै काठमाडौंमा र्‍याली निकालेको छ । सामाखुसीमा जम्मा भएका उनीहरू मोटरसाइकल र्‍याली निकाल्दै नारायणहिटीतर्फ प्रवेश गरेका छन् । नारायणहिटीमा श्रीमान् गम्भीर बनाउने र भित्रबाट श्रीपेच लगेर राजालाई लगाउने उनीहरूले बताएका छन् । प्रजातन्त्र दिवसका दिन पूर्वराजा शाहले दिएको सन्देशपछि अहिले राजावादीहरू सडकमा उत्रिन थालेका हुन् ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजसंस्थाको पुर्नस्थापित गरेर कार्यकारी अधिकार निर्वाचित प्रधानमन्त्रीलाई दिनुपर्ने बताएका छन् ।
उनले वर्तमान सङ्घीयता असफल रहेको भन्दै प्रदेश व्यवस्था खारेज गर्नुपर्ने, संसद्लाई पुनः समानुपातिक बनाउने, तथा निर्वाचित प्रधानमन्त्रीलाई दुई कार्यकालसम्म सीमित गर्नुपर्ने बताए । साथै, ठूला पार्टी मिलेर बनेको सरकारले आशा जगाउने कुनै काम नगरेको आरोप लगाए ।
राप्रपा लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेका बृहत् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मुलुकलाई स्थायित्व दिनका लागि भन्दै ठूला दल मिलेर बनेको सरकारको ७ महिनामा जनतामा आशा जगाउने कुनै काम गर्न नसकेको बताएका हुन् ।
उनले यसअघिदेखि गर्दै आएको भ्रष्टाचारलाई संस्थागत र संरक्षण गर्ने तथा पहिले गरेको भ्रष्टाचारका कारण कारबाहीमा परिन्छ कि भन्दै आवश्यक कानुन बनाएर जोगिनका लागि वर्तमान गठबन्धन बनेको आरोप लगाए ।
अध्यादेशबाट देश चलाउन खोज्ने प्रयास असफल हुन थालेपछि सत्तारुढ दलहरु सांसद किनेर अध्यादेश पास गराउने खेलमा रहेको उनको आरोप छ । उनले अब अहिलेको व्यवस्था कुनै हालतमा काम नलाग्ने धारणासमेत राखे ।

Author

You may also like