समाचार

श्रीसत्यसाई केन्द्र दमक पूर्नगठित

दमक,२३ पुस । श्रीसत्यसाई सेवा केन्द्र दमक पूर्नगठन गरिएको छ । केन्द्रको शनिवार सम्पन्न विशेष बैठकले पुनः रेणु श्रेष्ठको अध्यक्षतामा कार्यसमिति पूर्नगठन गरिएको हो ।सर्वसम्मत पूर्नगठित समितिको द्धय उपाध्यक्षमा शोभा पाठक ,निर्मला श्रेष्ठ, सेवा संयोजकद्धयमा पवित्रा बस्नेत, इन्दु अधिकारी, महिला संयोजकमा देवी शाही, युवा संयोजकमा गंगा कार्की, महिला युवा सहसंयोजकमा चन्द्रा सुवेदी, शिक्षा संयोजकमा निस्ता श्रेष्ठ, युवा सहसंयोजकमा रञ्जु श्रेष्ठ, आध्यात्मिक संयोजकमा भक्त बस्नेत,सहसंयोजकमा शिव शाही, सहसंयोजकमै शोभा अधिकारी, नवआगन्तुक संयोजकमा रमेश थापा मगर, इन्दिरा विष्ट र सल्लाहकार संयोजकमा पूर्व अध्यक्ष भगवती प्रधान (गिरी ) लाई जिम्मेवारी प्रदान गरिएको साईकेन्द्रले जनाएको छ ।
बैठकले साईकेन्द्रको हालसम्म आयव्यय समेत सार्वजनिक गरिएको थियो । जसअनुसार हालसम्म संस्थाको खातामा ५ लाख ८७ हजार १ सय २७ रुपैया बचत रहेको उल्लेख छ । बैठकमा साईकेन्द्र केन्द्रीय ट्रष्ट उपाध्यक्ष नविनकुमार श्रेष्ठ, पूर्व क्षेत्रीय उपाध्यक्ष शिवभक्त शाही, पूर्व अध्यक्षहरु इन्दु अधिकारी,चक्तवहादुर बस्नेत, भगवती गिरी लगायत साईकेन्द्र अनुनायीहरुको उपस्थिति रहेको थियो ।

You may also like