पोखरा। गण्डकी प्रदेशमा आज थप ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशका ७ जिल्लाका गरि ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको र सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमित हुनेहरुमा तनहुँका २५ जना, नवलपुरका १६ जना, बागलुङका ८ जना, गोरखाका ५ जना, कास्कीका २ जना, म्याग्दी र स्याङ्जाका १।१ जनामा संक्रमण पुष्टि भएको हो ।