देश–समाज

गाडीको ठक्करबाट अमेरिकामा एक नेपालीको मृत्यु

एजेन्सी, अमेरिकामा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । केन्टकी राज्यमा बुधबार बिहान घुम्न निस्केका महोत्तरीका ५८ वर्षीय विष्णुप्रसाद सापकोटा रिचमण्ड रोड र न्यु सर्कल रोड आसपासमा दुर्घटनामा परेका थिए ।

नेपालबाट घुम्न आएका लेक्जिङ्गटन शहरमा सापकोटालाई गाडीले ठक्कर दिँदा गम्भीर घाइते भई युनिभर्सिटी अफ केन्टकी अस्पतालमा लगिएको र अस्पतालले मृत घोषित गरिएको स्थानीय समाचार संस्था लेक्स १८ ले जनाएको छ ।

सँगै घुम्न निस्केकी उनकी घाइते श्रीमती विमला सापकोटा भने घाइते भएकी छन् । उनको हाल युनिभर्सिटी अफ केन्टकी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु ३ हप्ता अघिमात्र छोरी बिनिता सापकोटा तथा ज्वाई रोशनराज घिमिरेलाई भेट्न गएका थिए ।

You may also like