देश–समाज

बिजुक्छे पुन नेमकिपाको अध्यक्ष

काठमाडौं, ४४ वर्षदेखि नेपाल मजदुर किसान पार्टी नेमकिपा को अध्यक्ष रहेका नारायणमान बिजुक्छे रोहित थप कार्यकालका लागि पुनः अध्यक्ष बनेका छन् । नेमकिपाको सोमबार सम्पन्न सातौं महाधिवेशनले पार्टी नेतृत्वमा पुनः बिजुक्छेलाई नै निरन्तरता दिएको हो । फरक राजनीतिक छवि बनाउँदै आएको नेमकिपा सन् १९७५ मा रोहित समूह, सर्वहारा क्रान्तिकारी संगठन, नेपाल र किसान समितिको एकीकरणबाट जन्मिएको थियो । पार्टी एकीकरणदेखि अहिलेसम्म पार्टीमा रोहितको एकछत्र राज रहँदै आएको छ ।

सातौं महाधिवेशनपूर्व बिजुक्छेले अध्यक्षमा अरू नै अनुहार अघि सार्ने चर्चा थियो । तर, ४४ वर्षदेखि पार्टी नेतृत्व सम्हाल्दै आएका बिजुक्छे पुनः अर्को कार्यकालका लागि अध्यक्षमा चुनिएका छन् । सोमबार सम्पन्न महाधिवेशनले अध्यक्षसँगै ६ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ । नयाँ कार्यसमितिमा प्रेम सुवाल, सुनील प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही रहेको नेमकिपाले जनाएको छ ।

You may also like