देश–समाज राष्ट्रिय समाचार स्थानीय

पाथीभरामा भाईभाई बीच लडाउने योजना रहेको लिङदेनको दावी, सरकारले काम रोकेर बोलायो वार्तामा

दमक/ सरकारले नो केबुलकार समूहलाई वार्तामा बोलाएको छ । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा निर्माणाधीन केबुलकारको विरोधमा रहेका ‘नो केबुलकार समूह’लाई वार्तामा आउन आग्रहका साथ सरकारी वार्ता टोलीले सोमबार विज्ञप्ति जारी गरेको छ । हाललाई केबुलकार निर्माण स्थगित गरिएको सरकारले जनाएको छ । सरकारले गठन गरेको वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सह–सचिव प्रेमप्रसाद भट्टराईले सोमबार एक विज्ञप्ति जारी गरी आन्दोलनरत पक्षलाई वार्तामा बोलाएका हुन् ।
‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताबाटै उक्त केबुलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने,’ विज्ञप्तिमा भनिएको छ, ‘वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउन अनुरोध गर्दछु ।’
राप्रपाका अध्यक्ष झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सांसद्ले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा योजना बनाएर व्यापारीलाई दिने निर्णय गरेको खुलसा गरे । सोमबार बसेको प्रतिनिधिसभामा उनले यो कार्य व्यापारिक स्वार्थका लागि भाई भाइबीच लडाउने काम समेत भएको बताए ।
तर यता सो क्षेत्रका सत्तारुढ दल नेकपा एमालेका सांसद् योगेश भट्टराईले भने पाथिभराको विषयमा व्यापारीकै हितमा कुरा राख्नु भएको छ । उनले सरकारले नियमसंगतरुपमा नै निजी क्षेत्रलाई केवलकार बनाउन जिम्मा दिएको बताए । उनले समेत नेकपा एमाललेकै सरकारले यो काम गरेको भन्ने घुमाउरो अभिव्यक्ति राख्नु भएको छ । उनले तीनै तहका सहकारले नै नियम संगत निजी क्षेत्रलाई केवलकार बनाउन दिएको बताए । उनले सुरक्षाकर्मी माथि सांघतिक हमला समेत भएको उनले बताए ।
यस्तै यता रास्वपाकी सांसद तोसीमा कार्कीले निजी वा व्यक्तिलाई केवल कार बनाउने जिम्मा दिएर अन्तराष्ट्रिय अनुबन्ध र कानुनको ख्याल नगरी स्थानीय धार्मिक, सँस्कृतिको विपक्षमा समाजबादका नारा लगाउने पार्टीले नै स्थानीयको मागको वेवास्ता गर्दै बलपुर्वक केवलकार बनाउने कार्य तत्काल स्थगन गर्न माग गरे । गोली हानेर गरिने विकास विकास कि विनास भन्दै उनले प्रश्न राखे ।

Author

You may also like