देश–समाज समाचार स्थानीय

शिखरज्योतिको १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

दमक/ दमक ८ मा सञ्चालित शिखरज्योति ईङ्लीस स्कुलले १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । संस्थाका सञ्चालितका मनकुमारी वेघाको अध्यक्षतामा आयोजित सो कार्यक्रम कस्मिक पार्टी प्यालेसमा सम्पन्न भएको थियो ।
दमक नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत सोमनाथ गुरागाईंको प्रमुख आतिथ्यतामा सञ्चालित सो कार्यक्रममा एन प्याप्सन झापा जिल्लाका निवर्तमान कार्यवहाक अध्यक्ष शिक्षाविद ओमविक्रम नेम्वाङ, दमक नगरपालिका वार्ड नं. ८ का वडाअध्यक्ष धर्मप्रसाद (दिपेश) दाहाल, शिक्षाविद जीवन वेघा, शिक्षाप्रेमी, समाजसेवी, विद्यालयका नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थी र तिनका अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
पानसमा बत्ति बालेर उद्घाटन गरिएको सो कार्यक्रमलाई पिन्सिपलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको अध्यक्षता गरिरहेकी फाउण्डर वेघाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन ।
बालबालिकादेखि कक्षा १० सम्मका विद्यार्थी विभिन्न प्रतिभाहरु, सांस्कृतिक कार्यक्रम मात्र नभएर अभिभावकको बीचमा समेत सांस्कृतिक कार्यक्रमको प्रतिष्पर्धात्मक कार्यक्रम थप रोमाञ्चक थियो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संस्थापक वेघाले कार्यक्रममा उपस्थित सबैलाई धन्यवादसहित विद्यालयले गरेका प्रगतिका कुरा सुनाएकी थिएन । खेलकुद लगायत विभिन्न अतिरिक्त क्रियाकलापदेखि शैक्षिक गुणस्तरमा विद्यालय अगाडि रहेको बताईन । उनले विद्यालयका गतिविधिहरु सामाजिक सञ्जाल फेसबुकमा राखिने गरेको त्यहाँबाट विद्यालयका गतिविधिलाई नियाल्न समेत आग्रह गरिन । कार्यक्रमलाई सम्बोधन गर्दै दमक–८ का वडाअध्यक्ष दाहालले विद्यालयले छोटो समयमै आफूलाई अब्बल स्थापित गरेको भन्दै प्रशंसा गरेका थिए । उनले दमककोन नजर संस्थागत विद्यालय होस् सामुदायिक सबैलाई हेर्ने दृष्टिकोण एउटै रहेको र सबैको उन्नयनमा दमक नगरपालिका सँगसँगै उत्तिकै लागिपरेको बताए । विद्यालयले समाजलाई निकै लोभ्याउने प्रकारका अतिरिक्त क्रियाकलाप समेत गरेको र यहि स्तरबाट अगाडि बढिरहन शुभेच्छा समेत प्रकट गरे । फरक ढंगले सिकाई पद्दति विद्यालयको विशेषता रहेको पनि उनले बताए ।

Author

You may also like