सभापति देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाण्डौ, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍याण्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

बिहीबार सभापति देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा समसामयिक राजनीति र द्विपक्षीय आपसीहितका विषयमा छलफल भएको सचिवालयले जनाएको छ।

द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौँ देखिको विकास साझेदारी अझ प्रभावकारीरुपमा अघि बढाउनेलगायत विषयमा छलफल भएको छ ।

Leave a Reply

Your email address will not be published.