एक जना अमेरिकी लेखिका प्याटिूसिया ह्याम्पेलले दोस्रो विश्वयुद्धका बिधीषीकाहरुको संस्मरण गर्न एउटा कथा लेखेकी थिइन् । जुन कथाको शीर्षक थियो, ‘लुक एट अ टी कप अर्थात् चीया कपमा हेर’ ।
त्यो बिम्बात्मक कथा थियो । सुन्दर चीयाको कपलाई सुन्दर परिवार, सुन्दर संसारको कल्पना गरियो । त्यो सुन्दर चीया कप धर्म थियो । संस्कृति थियो । परम्परा थियो । अनुशासन थियो । प्रेम थियो । इतिहासप्रतिको इमान्दारिता र नैतिकता थियो । गौरव थियो । बाआमाको आशिर्वाद थियो । त्यही भएर लेखिकालाई त्यो सुन्दर चीयाकप उनको बिहेमा आमाले उनलाई दिन चाहेकी तर लेखिका त्यो लिन चाहन्न थिइन् । किनभने उनलाई त्योकपको महत्व एक त थाहा नै थिएन, अर्को उनी बिगततिर फर्किन चाहन्नथिन् । उनी त्यो कपका बिम्ब र प्रतीकहरुप्रति अलग्गै रहन चाहन्थिन् । तर उनकी आमा त्यो जसरी पनि जोगाउन चाहन्थिन् । र छोरीलाई हस्तान्तरण गर्न चाहन्थिन् । तर छोरी लिन नचाहने । किनभने छोरी (लेखिका) लाई त्यो कप जोगाउन सक्छु जस्तो पनि लागेन । तय आमा जसरी पनि त्यो छोरीलाई हस्तान्तरण गरेर युगौं युगसम्म जोगाउन चाहन्थिन् । त्यो हस्तान्तरण भनेको संस्कारको हस्तान्तरण थियो । परम्पराको हस्तान्तरण थियो । धर्म र संस्कृतिको हस्तान्तरण थियो । उनले आमाबाट प्राप्त उपहार त्यो सुन्दर चीयाकप जोगाउनु थियो । बचाउनु थियो । युद्धका मुखबाट बचाउनु थियो । गोलाबारुदबाट बचाउनु थियो । बन्दुकका नालबाट बचाउनु थियो । क्षेप्याश्त्रबाट बचाउनु थियो । अशान्ति, झगडा, काटमारबाट जोगाउनु थियो । बमबाट जोगाउनु थियो । अनि त्यो कपमा रंगाइएका सुन्दर पूmलहरु जीवन्त पार्नु थियो । तिनका रंग झर्न नदिइ सदाबाहार नवीन बनाइराख्नु थियो । परिवारको एकता थियो त्यो कप । परिवारको स्नेह थियो त्यो कप । सकमाजको सुन्दर रेखंकन थियो त्यो कप । अनतहीन समयको अन्तहीन अस्थित्व थियो त्यो कप । विश्वबन्धुत्वको प्रतीक थियो त्यो कप । शान्तिको प्रतीक थियो त्यो कप । बिकासको अन्तहीनता, संबृद्धि र शुसासनको आत्मा थियो त्यो कप । एकता र भाइचाराको सिंगो रुप थियो त्यो कप । नकारात्मकता र घृणाको बीरगाथालाई भत्काउने झम्पल थियो त्यो कप । विश्वब्यापीकरणले संसारभर पैmलाएको विश्वबन्धुत्वको प्रतीक थियो त्यो कप । आप्mना जनतालाई भोकभोकै पारेर, तिनका गाँस चुँडेर क्षेप्याश्त्र र गोलाबारुद किन्ने निरंकुश शासकहरुको सामूल नष्टको प्रतीक थियो त्यो कप । परिवाका हर सदस्यहरुको दीर्घ जीवनको, सुख, शान्ति र अमनचैनको प्रतीक थियो त्यो कप ।
यस्तो विरासतले बिभूसित त्यो कप लेखिकाकी आमाले जोगाएर राखेर छोरीलाई जस्ताको तस्तै, सुन्दर हस्तान्तरण गर्न चाहन्थिन् । आमाले त्यत्रा विश्वयुद्धहरुमा पनि जोगाएकी थिइन् । गोलाबारुदबाट पनि जोगाएकी थिइन् । बबाट पनि जोगाएकी थिइन् । बन्दुकबाट पनि जोगाएकी थिइन् । त्यो समयत्राशदीले पनि छुन नसकेको त्यो सुन्दर चीया कपमा आमा लत्रिएका पूmलहरु देख्छिन् । झरेका पूmलहरु देख्छिन् । त्यो कपमा पेन्टिङ्ग गर्नेले बनाउन खोजेको सुन्दर पूmल पनि झुत्रिएको, ढलेको देखिन्छ । माथिबाट तलतिर । ती ढलेको पूmलहरुले त्यो ढलेको समयत्राशदीको कथा भन्छ । मान्छेका शरीर ढलेका कथा भन्छ । शान्ति ढलेका कथा भन्छ । बिकास ढलेका कथा भन्छ । आमनचैन ढलेका कथा भन्छ । महिलाहरुका भाग्य ढलेका कथा भन्छ, किनभने युद्धमा तिनै महिलाका छोरा ढले, तिनै महिलाका श्रीमान ढले, तिनै महिलाका दाजु र भाइ ढले । अनि अन्तनः महिलाहरुको भाग्य पनि ढले ।
ती ढलेका पूmलहरुले अब एउटा कुरुप चित्र कोर्न सुरु गरे । कुरुप चित्र । त्यो कप अब सुन्दर रहेन । एउटा भयानक कथाको पुस्तक बन्यो । एउटा बिभस्त समयको स्मरण गराउने जेथो बन्यो । बिछोढिएका परिवार, ध्वस्त भएका भौतिक संरचना, खुनले लतपलिएको माटो, चरा उडनु पर्ने आकासमा लडाकु विमान उडेको देखिने कुरुप बिम्ब बन्यो । जताततै हाहाकार, महामारी, भोकमरी, मुद्रस्फिति, महंगी र रोगब्याध पैmलियो । बाँकी दुनियाँ पनि मन र मुटुभरी घाउ बोकेर बाँच्न बाध्य भए ।
त्यो सुन्दर टी कप त मैले २०१९ मे २० का दिन अष्टूेलियामा पनि देखेको थिएँ । चुनाव जितेपछि प्रधानमन्त्री बन्दै गर्दा स्कट मोरिसनले दिएको भाषणको अंतिम वाक्य यस्तो थियो, ‘आवर फोर फादरर्स ह्याभ ह्याण्डेड दिस ब्युटिपूmल कन्ट्री टु अस । आवर ड्यूटी इज टु ह्याण्ड दिस कन्ट्री एज युजल टु आवर प्mयूचर जेनेरेसन’ (अर्थात् हाम्रा पुर्खाले यो सुन्दर देश हामीलाई सुम्पेर गए । हाम्रो एक मात्र लक्ष यो देश जस्ताको तस्तै भावी पुस्तालाई हस्तान्तरण गर्नु हो)।
वह !
यस्तो विचार बोक्ने मान्छे प्रधानमन्त्री हुँदा पो देश बनिन्छ ।
हामीकहाँ त अग्रज र पुर्खाहरुलाई थुक्न र मुत्न सिकाउने, भावी पिंढीलाई जिन्दाबाद र मूर्दावादमा खन्याइदिने र अन्तिममा बिदेशिन बाध्य पार्नेहरु प्रधानमन्त्री हुन्छन् । आप्mनै देशका नागरिकलाई शरणार्थी बनाएर पैसा कमाउनेहरु हुन्छन् । बिहानदेखि बेलुकासम्म अर्कालाई गाली गलौज गर्नेहरु हुन्छन् ।
दिनहुँ आन्दोलनको कुरुप चित्र बोकेर हिंडिरहेको छ देश । भ्रष्टाचारका कथाहरु बेकेर हिंडिरहेको छ देश । राज्य संयन्त्र र राज्यकोशको दोहन गरेर हिंडिरहेको छ देश । हिमाल छन्, हिउँ छैनन् ।
मन्त्रीहरु छन्, सरकार छैन ।
कानूनका अक्षरहरु छन्, कानून छैनन् ।
न्यालय छन्, न्याय छैनन् ।
प्रशासन छन्, सुव्यवस्था छैन ।
पसल छन्, ग्राहक छैनन् ।
विश्वविद्यालय छन्, विद्यार्थी छैनन् ।
खेती छन्, अन्न छैन ।
खोला छन्, पानी छैन ।
नेता छन्, सेवक छैनन् ।
दलहरु छन्, देश छैन ।
कमिसनमा बाटा, टावर, पुल त बने, तर त्यहाँ डिंडने र जाने मान्छे छैनन् ।
रित्ता बाटाहरु र रित्ता घरहरु कथित संबृद्धिको नारालाई गिज्याइरहेछन् ।
अर्थात् यो देश पनि एउटा सुन्दर चीया कप जस्तै । थियो ।
तर आज कसरी त्यो सुन्दरता ढल्दैछ, ढालिँदै छ र कुरुप बनाईंदै छ ।
यो सुन्दर चीयाकपरुपी देश एउटा कुरुप चीयाकपमा रुपान्तरण हुँदैछ ।
कि कसो ?
दमक, झापा