“She wanted to be a tree, to have no words, no dreams, no expectations.” (उनी एउटा बृक्ष बन्न चाहन्थिन्, जसको कुनै शब्द छैनन्, सपना छैनन्, अपेक्षा छैनन्)
यतिबेला समयको अकल्पनीय मोडमा उभिएर यही समयलाई पढिरहको छु । क्लीष्ट छ । त्यसैले होला म अहिले दक्षिण सन् २०२४ का नोवेल साहित्य पुरस्कार बिजेता कोरियाली लेखक ‘हान काङ्ग’ लाई पढिरहेको छु । उनको एउटा उपन्यासको यो माथिको हरफले म उधिनिएँ । एउटी महिलाको जिन्दगी बरबाद पार्ने परिवार र समाजको कालो अनुहार देखिरहेको छु । उनको उपन्यास ‘द भेजिटेरियन’ (साकाहारी) पढिरहँदा यसका बिम्ब र अलंकारहरूले जेलिएको समय र परिवेश उभिन्छ आप्mनै अगाडि । त्यो समय मैले बाँचेको यो समय रहेछ भन्ने लाग्यो । त्यो परिवेश भनेका पनि म आपेंm बाँचेको परिवेश भन्ने लाग्यो । यसमा मेरो देश पनि बाँचेको देखें, मान्छेहरू पनि बाँचेको देखें ।
‘द भेजिटेरियन’ एउटा सशक्त मनोवैज्ञानिक उपन्यास हो जसको बलमा हानले नोवेल साहित्य पुरस्कार पाए ।
यो उपन्यासको केन्द्रविन्दुमा उउटी गृहिणी महिला छिन् जसको नाम योङ्ग हि हो । उनी शान्त स्वभावकी गृहिणी हुन् । सपनामा विश्वास राख्ने उनले एक पटक खून खरावी भएको सपना देखिन् । त्यसपछि उनले मासु नखाने र साकाहारी बन्ने घोषणा गर्छिन् । यही प्रस्थान विन्दुबाट कथा सुरू हुन्छ ।
योङ्ग हि को यो निर्णयले परिवार, समाज र स्वयं आपैmलाई पनि भयानक असर पार्न थाल्यो । यो उनको साकाहारी बन्ने कुराको छनोट अति सामान्य बिषय भए पनि यसले अकल्पनीय र दुखद परिणाम निम्त्यायो ।
यस उपन्यासको ३ जनाको कथा संयोजन र तिनका अनुभूतिजन्य प्रस्तुतीमा उनका श्रीमान अग्रभागमा छन् । ती भुद्धु छन्, एकमने छन्, त्यही भएर श्रीमतिको खानामा भएको सामान्य परिवर्तनलाई पनि पचाउन असफल हुन्छन् । ऊ श्रीमतीलाई ‘सामान्य व्यवहार गर’ भनिरहन्छ बिनापत्तामा । ऊ निक्कै खल्बलिन्छ, हिंसात्मक रूपले प्रस्तुत भएर हस्तक्षेप गर्न खोज्छ श्रीमतीलाई । खाना खाँदा पनि झगडा हुन्छ, बजार जाँदा पनि, काममा जाँदा पनि झगडै हुन्छ ।
कथालाई अर्को पाटोको प्रस्तुती योङ्ग हि का देवरमार्पmत उजागर भएको छ । ऊ एउटा यौंन निराशावादी मान्छे हो, जो योङ्ग हि को शरीरप्रति आशक्ति देखाउँछ । उनको शरीरको पिठ्यूँमा रहेको कोठी देखेर ऊ पागल हुन्छ । ऊ योङ्गलाई शरीरको कामुक पेन्टिङ्ग सम्बन्धि भिडियो बनाएर पैसा कमाउन प्रेरित गर्छ । अनुरोध गर्छ । त्यसले तिनिहरूको आवेगात्मकता बढ्छ, र तिनीहरूको भ्रष्ट सामाजिक बिनासको निर्माण गर्छ । ती दुबै समाजको एउटा कठीन कठघरामा उभिन पुग्छन् ।
कथाको अर्को भागको प्रस्तुति योङ्ग हि की बहिनी इन हि ले गर्छिन् । उनले आप्mनी बहिनी योङ्ग हि मानसिक बिरामी भएर अस्पताल भर्ना भएकी छिन् भनेर सुचित गर्छिन् । योङ्ग हि हिंसाबाट, मासुबाट र मानवीय निर्दयीताबाट मूक्त भइरहेकी छिन् । किनभने उनको बाल्यकाल अकल्पनीय पीडादायी थियो । त्यसैले इन हि ले आपूmले मात्र आप्mनी दिदीको पीडा, छटपटि, संघर्ष र दुख बुभ्mन सक्छिन् भनेर दाबी गर्छिन् ।
यति सामान्य घटनाले उब्जाएको यो असमान्य परिणामले यो उपन्यो विश्व प्रशिद्ध बन्न सक्यो । किनभने यसमा आप्mनो शरीरको निर्णय गर्ने स्वअधिकार आप्mनो मात्रै हुनुपर्छ भन्ने महान विचारको पक्षमा उभियो यो उपन्यास । साना घटनाहरूले पनि व्यक्ति, परिवार र समाजलाई कसरी असर पु¥याउन सक्छ भन्ने सन्देश यो यो पुस्तक । एउटी महिलाको मजबुरीमा कसरी पुरूषहरूको ज्यादती सुरूहुन्छ भन्ने पनि हो । समाज भन्ने चिज कसरी एउटा व्यक्तिको बर्वादीमा बेखबर रहन सक्छ भन्ने पनि हो । अनुशासनको नाममा कसरी मान्छेहरू घरमै पीडित हुन्छन् भन्ने पनि हो । जुन कुरा समाजले महसुस गर्न असफल भइरहेको हुन्छ ।
आज म यही उपन्यासमा आपैmलाई पढिरहेको छु । आप्mनै परिवेश पढिरहेको छु । आप्mनै देश पढिरहेको छु ।
आज यो उपन्यसकी नायिका योङ्घ हि भएर बाँचेको यो समय निकै क्लीष्ट छ । आज स्वतन्त्रताको कुरा उठाउनेहरू योङ्ग हि बन्नु रिरहेको छ । हामीले आप्mनो मर्जी बाँच्न पाएका छौं त ?
यो समयले त्यो सुबिधा दिएको छ त ?
कुनै सुबिधा दिएको छैन । आज कुनै न कुनै आयाममा कि त लुरूलुरू अर्काको मर्जीमा हिंडने, कि त योङ्ग हि बन्ने ।
अर्को बिकल्प नै छैन ।
अनि अर्काको लागि खानु पर्ने ।
अर्काको लागि बोल्नु पर्ने । अर्काको लागि बाँच्नु पर्ने ।
दल खोले आउँन तिनकै मर्जी चाहिने ।
नत्र अनेक बहानामा जेलमै सडिनु पर्ने ।
संगठन खोलेर आउन तिनकै मर्जी चाहिने । नत्र आप्mना मान्छे हुलेर दुषित बनाइदिने ।
छोराछोरी पढाउन तिनकै मर्जी चाहिले । यहाँ पढा, त्यहाँ पढा, यहाँ नपढा, त्यहाँ नपढा ।
अस्पताल जान तिनकै मर्जी चाहिने । यहाँ होइन, त्यहाँ होइन । उता हो । कता हो कता । स्वास्थ्य बिमा कार्ड बोकेर हजारौं मान्छेको लाइनमा बसेर पालो लिने अनि दुई चारवटा सरूवा रोग बोकेर घर जाने । आफैं सरकारमा बस्ने, आपैm सडक आन्दोलन गर्नेहरूको बीचमा एउटी योङ्ग हि के गर्न सक्छिन् र ? आप्mनै बहुमतको सरकार ढालेर ‘हामीलाई बहुमत दिनु’ भन्दै चुनावमा जानेहरूलाई एउटी योङ्ग हि ले के गर्न सक्छिन् र ? उनका कोही पनि आप्mना छैनन् । श्रीमान पनि आप्mना भएनन् । देवर पनि भएनन् । आफन्तहरू पनि आप्mना भएनन् । समाज त झन् हुने कुरै भएन ।
आज हामी योङ्ग हि भएको छौं । अदालत आप्mनो छैन । प्रशासन आप्mनो छैन । नेता आप्mनो छैन । दल आप्mनो छैन । राज्य संयन्त्र आप्mनो छैन । ती सबै हाम्रा स्वतन्त्रताहरू निफनेर फाल्दै निरंकुशता पकाउँदैछन् । अनि लगाइरहेछन् अनेकौं आरोपहरू ।
कुनै न कुनै दिन तिनले ठुंग्न थाल्छन् ।
योङ्ग हि त्यसै पागल भएर अस्पताल भर्ना भएकी हुन् ?
आज हामी पनि त्यही योङ्ग हि को भूमिकामा रूपान्तरित भइरहेका छौं । गाली गर्नेलाई ताली दिनेहरूको भीडमा सबै योङ्ग हि भइरहेका छौं । परिवार र समाजले आप्mनो कर्तव्य र सीमाना नबुभ्mदा यस्तो दर्दनाक घटना घट्यो ।
मासु खाने कि नखाने भन्ने अधिकार त व्यक्तिको होला नि त ?
उनको त्यो अधिकारलाई स्वयं उनको श्रीमानले आक्रमण गरे । स्वयं आप्mना देवरले आक्रमण गरे । अरूले त के बाँकी राख्थे ।
योङ्ग हि हरूको समय, समाज, परिवार र देशको उर्बरामा हामी पनि हुर्किरहेका छौं । उनी सिर्पm एउटा रूख जस्तै शान्त, अटल, शितल दिने बन्न चाहन्थिन् । तर उनको समना खाइदिए आप्mनै भन्नेहरूले । अन्ततः उनी ढलेको रूख बनिन् ।
अहिले थाहा भयो ‘हान काङ्ग’ ले सन् २०२४ को नोवेल साहित्य पुरस्कार किन पाएका रहेछन् । उनको उपन्यासले त मेरो देश र समाज पनि जिवन्त बोल्यो । हामी आज यही उपन्यासकी जिवन्त पात्र योङ्ग हि बनिरहेका छौं । दमक, झापा

Author

You may also like