उर्लाबारी/ आर्थिक अवस्था कमजोर भएका झापाका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई खाद्यान्न सहयोग गरिएको छ ।
झापाको दमकमा बुधबार एक कार्यक्रमकाबीच लिड नेपाल झापाको समन्वयमा ९० जना यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई खाद्यान्न वितरण गरिएको हो । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई चामल, आलु, अण्डा, प्याज, नुन, तेललगायत वितरण गरिएको छ ।
कार्यक्रमकी प्रमुख अतिथि तथा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायलाई नगरपालिकाको तर्फबाट सहयोग गर्न तयार रहेको बताइन् ।
दैनिक जिविकोपार्जनमा सहज होस् भन्ने हेतुले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई खाद्यान्न सहयोग गरिएको लिड नेपाल झापाकी कार्यक्रम संयोजक नुमा लिम्बू (चञ्चला) ले बताइन् । तेस्रो लिङ्गी र समलिङ्गी समुदायहरुलाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक बन्न नसक्दा अझै धेरैजनाले आफ्नो पहिचान खुलाउन नसकी सामाजिक विभेदको सिकार भइरहनु परेको उनको भनाई छ । उनले आफूहरूले हरेक क्षेत्रमा अपमान र विभेद झेल्नुपरेको पीडा सुनाउँदै भनिन्, ‘समाजमा अरूले जस्तै सम्मानजनक रूपमा बाँच्न पाउनुपर्नेछ ।’