जीवन स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण
दमक÷ दमकस्थित जीवन स्मृति प्रतिष्ठानले बुधबार एक कार्यक्रमकाबीच स्मारिका लोकार्पण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि दमक नगर पालिकाका नगर प्रमुख रामकुमार थापाले स्मारिका लोकार्पण गर्दै आफू भाषा, साहित्य, कला, संस्कृतिको विकासमा लागिपर्ने बताए । कृतिको समीक्षा गर्दै वरिष्ठ मूर्तिकार विक्रमश्रिले मूर्तिकलाको विषयमा प्रस्तुत कार्यपत्र मुलुकमै पहिलो पटक भएको बताए ।
कार्यक्रममा साहित्यकारहरु माेहन भण्डारी, खेमलाल पाेखरेल, राम नेपाल, तिर्थराज किराती, विशिष्ट लोक गायक एलपी जोशी लगायतका साहित्यकारहरुकाे उपस्थिति रहेकाे थियाे।
स्मारिकामा डा. गाेविन्दराज भट्टराईद्वारा प्रस्तुत कार्यपत्र, संस्कृतिविद् डा. साेम धिमाल,वरिष्ठ समालाेचक दधीराज सुवेदी, नियात्राकार युवराज नयाँघरे, मूर्तिकार विक्रमश्रि, चित्रकार छितेन शेर्पा, स्तम्भकार बाँस्काेटा धन्ञजय, उत्तम भट्टराई, राधेश्याम लेकाली, प्रतीक ढकाल लगायतका कार्यपत्र तथा संस्थाले त्रिदिवशीय कार्यक्रममा गरेका गतिविधिलाई समेटिएकाे संस्थाका सचिव धनकुटे कान्छाले बताए ।
कार्यक्रम संस्थाका अध्यक्ष भूमि दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।