मुख्य सुरक्षा

भूटानी नेता पौडेलद्वारा जीवनरक्षाको अपिल

दमक÷ भूटान पिपुल्स पार्टीका अध्यक्ष एवं शरणार्थी नेता बलराम पौडेलले जीवन रक्षाको अपिल गर्दै झापा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।
कुनै कार्यक्रममा भूटानी शरणार्थी मर्म विपरीत तथ्यहीन कुरा बोलेकोप्रति आफुले टिप्पणी गर्दा गत साता अपरिचित मोबाइल नम्बरबाट कल गरी आफूलाई धम्क्याएको नेता पौडेलले वताए । जिल्लाको विर्तामोडमा वस्दै आएका पौडेलले सोही व्यहोरा उल्लेख गरी आफ्नो जीवन रक्षाको माग गर्दै प्रशासनमा निवेदन दिएका छन् । इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन नामक सामाजिक संस्थाका अध्यक्ष डिल्ली अधिकारी र अर्का भीम वस्नेतमाथि अनुसन्धान गर्न माग गर्दै निवेदन दिएको वताएका छन् ।
फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले भूटानीहरूको विषयमा तथ्यहीन विचार प्रवाह गरेकोमा आफुले विज्ञप्ति जारी गरेको नेता पौडेलले वताउँदै भने ‘सो विषयमा आफूले जारी गरेको विज्ञप्तिप्रति इंगित गर्दै धम्की आएको छ ।’
अधिकारी अध्यक्ष रहेको संस्थाले केही समयअघि ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ नामक कार्यक्रम गरेको थियो । कार्यक्रमको समापनका मन्तव्यका क्रममा अध्यक्ष अधिकारीले भूटानबाट आफुहरुलाई लखेटिएको सन्दर्भ अन्तर्गका केहि त्रुटीपूर्ण तथ्यहरु उल्लेख भएको पौडेलको दाबी छ । इतिहास गलत हुन नहुने भनेर आफुले त्यसको विषयमा विज्ञप्तिमार्फत प्रष्ट्याएको उल्लेख गरे ।
आफु स्वदेशफिर्ती पक्षधर व्यक्ति भएको अवस्थामा आफुलाई धम्की दिने र धम्की दिन लगाउने अमेरिकी नागरिकहरू हुन भन्दै उनीहरूमाथि कानूनबमोजिम कारबाहीको माग गरेको अध्यक्ष पौडेलले उल्लेख गरे । मलाई हुनसक्ने भौतिक आक्रमण तथा मानसिक यातनाबाट मुक्ति दिलाउन उनले नेपाल सरकारसँग जोडदार माग गरेका छन् ।

Author

You may also like