चितवन, जङ्गली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेकी छन् ।
शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको थियो जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।