मनोरञ्जन

‘सरौतो’को ‘केही आधा’ बोलको गीत सार्वजनिक

काठमाडौँ, चलचित्र ‘सरौतो’को ‘केही आधा’ बोलको गीत दोस्रो गीत सार्वजनिक भएको छ । गीतमा पुष्पन प्रधानको शब्द, संगीत तथा स्वर छ । गीतमा फिल्मका मुख्य कलाकार सुमी मोक्तान र सन्नी सिंहको अभिनय रहेको छ ।

हरि हुँमागाईंको डेब्यू निर्देशन कार्तिक २२ मा रिलिज हुने फिल्ममा सुमीको भरपुर एक्सन दृश्य देखाइएको छ । फिल्ममा विजय लामा, सन्नी सिंह, धिरेन शाक्य, युवराज लामा, आमिर गौतम, लेओ टंक, सम्पदा दाहाल, अरुणा कार्कीको अभिनय रहेको छ ।

 

You may also like