अर्थ देश–समाज

दमकको चेतनशील सहकारी र विर्तामोडको सिम्रिक सहकारी संस्थाबीच एकीकरण

दमक। झापाका दुई सहकारी संस्था एकीकरण भएका छन् । दमकबाट आफ्नो सेवा प्रदान गर्दै आएको चेतनशील बचत तथा ऋण सहकारी संस्था र विर्तामोडबाट कार्य गर्दै आएको सिम्रिक बचत तथा ऋण सहकारी संस्था मर्ज भएका हुन् ।

आज झापाको दमकमा दुबै सहकारीले संयुक्त रुपमा आयोजना गरेको एकीकरण तथा पत्रकार सम्मेलनमा संस्था एक भएको जानकारी गराइएको हो। चेतनशील सहकारीले दमक नगरपालिका ६ मा मुख्य कार्यलय राखेर सेवा प्रदान गर्दै आएको छ भने सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले विर्तामोड ४ मा मुख्य कार्यलय राखेर सेवा प्रदान गर्दै आएको छ ।

सिम्रिकका झापामा १७ वटा सेवा केन्द्रहरु छन् । सिम्रिकको कुल सदस्य संख्या २४५६५, शेयर पुँजी १४३३९४४०६, कुल आय १५३१७८८५१ रहेको छ । त्यस्तै चेतनशील सहकारी संस्थाकाको शेयर सदस्य १०६८, बचत निक्षेप १०५९८७०३ ,ऋण लगानी १३९२४६२९ र कुल कारोवार २०२२८९३१ रहेको छ ।

कार्यक्रम दुबै सहकारीका अध्यक्षहरुको संयुक्त अध्यक्षतामा भएको थियो । सिम्रिकका अध्यक्ष कमल बहादुर बस्नेत हुन् भने चेतनशीलका अध्यक्ष ज्ञान बहादुर योगी हुन् । मर्ज भएसँगै अब दुबै सहकारीको कारोबार सिम्रिक बचत तथा ऋण सहकारीका नामबाट हुने छ ।

Author

You may also like