रुपन्देही । रुपन्देहीमा ५ जनाको सामूहिक हत्या गरिएको छ । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा पाँच जनाको सामूहिक हत्या गरिएको हो । कान्छीबजारको मैनहवा स्थित भैंसीफर्ममा काम गर्ने पाँच जनाको गएराति हत्या भएको बताईएको छ । हत्या बन्चरो प्रहार गरी भएको अनुमान गरिएको छ ।
स्थानीय कृष्ण पुनको भैंसी फर्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने उनीहरुको हत्या गरि फरार भएको स्थानीयहरुले बताएका छन् ।
मृतकहरु को–को हुन् भन्ने खुलेको छैन । गोठमा काम गर्ने पाँच जनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा रहेको र प्रहरी घटनास्थलतर्फ जाँदै गरेको खबर आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खड्ग बहादुर खत्रीले प्रहरी अहिले घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिनु भयो ।