देश–समाज लेख विचार/वहस

धर्म निरपेक्ष राज्यमा एन्टी हिन्दु इकोसिष्टम ?

अहिलेको नेपालमा धर्म निरपेक्षीकरणको अभ्यास आम नेपाली जनताहरुको संस्कृति र संस्कार अनुरुपको पोलिटिकल थ्योरी होइन । धर्म निरपेक्षीकरणको विचारले नेपालको भूराजनीतिक जनसांख्यिक परिवर्तनको दशा र दिशालाई प्रायोजित तरिकाले दूरगामी असर पुर्‍याउन सक्छ । सामाजिक र सांस्कृतिक द्वन्द्वको भुँमरीमा देशलाई फँसाउन सक्छ भन्नेजस्ता सवालहरु विभिन्न बौद्धिक र वैचारिक मञ्चबाट उठाईरहनेहरुको स्वर दिनप्रतिदिन ठूलो हुन थालेको छ । संविधान निर्माण गर्दा यस सम्बन्धमा कहिँ कर्त पनि खुल्ला बहस, संवाद र अन्तरक्रिया गराइएन, सरोकारवाला धार्मिक समुदायहरुलाई राजनीतिक विमर्श गर्नको लागि आवश्यक ठानिएन । संसारका कुनै पनि देशका भुल्ला भौलवी र पादरीहरु पन्थ निरपेक्ष हुँदैनन भन्ने कुराको कुनै ख्यालै गरिएन । देशको संविधानमा धर्म निरपेक्ष राष्ट्र नेपाल लेख्न लगाएर राजनीतिक दलहरुले विश्वको एक मात्र हिन्दु राष्टू नेपाल प्रति हेलचेक्र्याई गरे । नेपालको सांस्कृतिक मान्यता र गरिमा प्रति नकारात्मक हुने ऐतिहासिक भूल गरे । यसलाई संविधान संशोधन गरेर पुनः सच्याउनु पर्दछ र नेपालको धार्मिक चेतना र स्वाभिमानलाई फर्काउनु पर्दछ । विश्वमा बढ्दै गईरहेको धार्मिक वितण्डावाद आतंकवादको सन्दर्भमा नेपालको धर्म निरपेक्षीकरणलाई समग्र र सन्दर्भ अनुसार नयाँ ढंगले परिभाषित गर्नुपर्दछ भन्ने जस्ता मागहरु जनस्तरबाटै उठ्न थालेको छ ।
यो दशे जात–जातिको वैविध्य, सरलता र महानताले दिब्य र सम्पन्न छ । प्राकृतिक र सांस्कृतिक सम्पदाको भरिपूर्ण छ । हामीसँग कसैसँग न भएको विश्वको सर्वोच्च हिम श्रृंखला सगरमाथा हिमाल छ । पर्यटन व्यवसायको लागि अतुलनीय संशाधनहरु छन् । अनुपम वैविक जातीय र भौगोलिक विविधता छ । असामान्य जलस्रोतको अविरल प्रवाहित भण्डार छ । यसले आफ्नै आन्तरिक स्रोत, साधन परिचालन गरेर सजिलैसँग न्यायपूर्ण भौतिक सफलताको लागि शिखर टेक्न सक्छन् तर नेपाल असल जनता र खराब नेताहरुको दलेश बन्दै गईरहेको छ । नेताहरु न्यायपूर्ण विकासको बाटोमा नहिंडेर विदेशीहरुसँग गरिने याचना पन्थानुगामी र तिनका कठपुतली भएका छन् । नेताहरु भ्रष्टाचारी भएका छन् । उनीहरुले यस सुन्दर देशका असल जनतामाथि अत्याचार गरिरहेका छन् । दिन दिनै देशलाई लुटेर, लुछेर, चुँडेर, कुरुप बनाईरहेका छन् । आज नेपालमा राज्य र समाज राजनीति–वाणिज्य कर्मचारी तन्त्रको मूलचक्र र पत्रकारिता नागरिक समाज र व्यवसायीहरुको उपचक्रको भुँमरीमा फनफनी घुमिरहेको छ । यिनै उपचक्रको जाँतोमा सिंगो देश नै पिल्सिएको छ ।
आजको राजनीति पहिलाको भन्दा धेरै बिटुलो भएको छ । आजको राजनीति मुलतः कल, छल र बलको राजनीतिक आकार ग्रूहण गरेको छ । जसले जति कल गर्न सक्यो जति छल गर्न सक्यो, जति बल गर्न सक्यो, आजको राजनीतिमा त्यसले त्यति नै अग्रस्थान पाउँछ र भ्याउँछ । धर्मको प्रमुख लक्ष्य समाजको सुव्यवस्था हो, तर आज धर्मसँग छल भई रहेको छ । एकातिर धर्मको नाउँमा संसारका ठूला ठूला देशहरुले ठूलठूला हतियार बेचेर धन कमाईरहेका छन् । तिनीहरु युद्धमाथि युद्ध निम्त्याउँदै लडाईका हातहतियार र बन्दोलबस्ती सामानहरु खपत गराएर धन कमाईरहेका छन् । त्यसैले संसारमा युद्ध र द्वन्द्व सल्किँदै गइर्एरहेको छ भने अर्कोतिर प्रायोजित तवरले कुनै न कुनै किसिमको लोभ, लालच र मोहमा परेर अर्काको धर्म परिवर्तन गराउनेक ार्यलाई आफ्नो जीवनको मिशन बनाउोहरुको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको छ । उनीहरुले आफुलाई मात्र ठीक र अरु सबैलाई बेठिक बनाउने बठ्याँई गरिरहेका छन् । उृनीहरुले पुजेका मात्र भगवान हुने र अरु सबैले पुजेका भगवानलाई शैतान बनाउने अन्ध तार्किकतामा संसारलार्य नै झगडाको घर बनाउने कार्यमा लागिरहेका देखिन्छन् । यस्तो किमिसको असहष्णु विचार र भाष्य बिस्तारै बिस्तारै नेपाल जस्तो शान्तिप्रिय बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देशमा पनि युद्ध अभ्यास जस्तै निर्माण हुन थालेका छ । उदेक लाग्दो सत्या र तथ्य के छ भने उनीहरुलाई मात्रै बेठिकहरुलाई ठीक पार्ने दैवी आदेश प्राप्त भएको छ । र त्यउसलाई ढिलो–चाँडो पूरै विश्वमा तिनीहरुले निरन्तरता दिन थालिसकेका छन । यस्ता कुराहरु वाक्य युद्धबाट सुरु भएर धर्म युद्धमा टुंगिन थालेको छ । अतिशय अहंकार आर्थिक लाभका कारण यिनीहरुको दशा र दिशा बद्लिन थालेको छ ।
आज विदेशी पैसाको बलमा मदरसाहरु संसारैभरि सक्रिय छन् । सरकारले यस्ता मदरसाहरुलाई कानुनको दायराभित्र समेट्न सकिरहेको छैन । यिनहिरुको प्रचलन, मूल्य र मान्यताहरुले देशको संविधानलाई महत्व दिँदैन । भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, इजरायललगायतका देशहरुमा कचिङ्गल मच्चिने खास कारण यही नै हो । इसाई मिसिनेरीहरु पनि संसारै भरि मान्छे किनेर पनि धर्म परिवर्तन गराउँदैछन् । नेपालमा धर्मान्तरण एउटा व्यवसायझै फस्टाउन थालेको छ । तिनको प्रतिष्पर्धा दिउँसो दोब्बर र राती चौबर गुणले बढ्दो छ । तिनीहरुलाई कुनै अवरोध भएन भने संसार छिट्टै इस्लामीकरण वा इसाईकरण हुँदै जाने निशिचत छ । पन्थ निरपेक्ष सरकारहरुले यिनीहरुले चलार्यरहेका यस्ता गतिविधिहरुलाई टुलुटुलु हेर्दै समर्थन गर्ने कार्य गरिरहेका छन् । देशभित्र यसरी नै यिनीहरुले स्वच्छन्द रुपमा आफ्ना गोपनीय एजेण्डाहरुलाई चलाई नै हरे भने नेपाल पनि छिट्टै ‘दारुल हरब’ अर्थात झगडाको घर बन्न अब लामो सयम कुर्नु पर्ने छैन । धर्म परिवर्तनकारीहरुको मिशन यही हो । गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका आधारभूत आवश्यकताहरु समेत पुरा गर्न नसक्ने जातजाति र समुदायहरुले टोलटोलमा गगनचुम्बी मस्जिवद र चर्चहरु बनाउन लगाउनुको पछाडिको रहस्य खोतल्नु जरुरी छ । यहि कुराहरु बारे खुला बहस चलाउन र नेपालको धर्म निरपेक्षीकरणबाट हुन सक्ने सांस्कृतिक अन्धःपतन र विचलनलाई रोक्नु पर्ने यथार्थ हामीसँग छर्लंग छ ।
हाम्रो वैदिक हिन्दु सनातन धर्म र परम्पराहरुले एक अर्को सम्प्रदायका देवी देवलहरुलाई निन्दा नगर्ने, अरु सम्प्रदायका मासिनहरु पनि आ–आफ्नै मार्गमा हिंडेर स्वर्ग जाने वा मोक्ष पाउन सक्छन भनेर भन्ने, एउटै सम्प्रदाय भित्रै पनि अनेकौ प्रकारका देवी देवताहरु मान्ने र अरुका देवी देवतालाई पनि सम्मान गर्ने परम्परा रहेको छ । त्यही विशेषताका आधारमा पश्चिमेली संसारका धर्म र सम्प्रदायहरुलाई नेपालमा आएर धर्म परिवर्तन गराउन सलिो भएको छ । कसैले यहाँ आएर हामीलाई सत्य त दिन सक्दैन किनकी सत्य त दिने कुरा नभएर हुने कुरा हो । त्यसैले आयोजित सम्प्रदायहरुले सत्यमा नभएर विश्वासमा टिक्ने सम्प्रदायहरु हामीलाई वितरण गर्दै हिंडेका हुन्छन् । उनीहरुले बताईरहेका हुन्छन कि ईश्वर कुनै खास ठाउँ र खास सम्प्रदायमा सीमित छन र खास व्यक्ति, मसिहा, गुरु, निर्देशक, वा ईश्वर पुत्र मार्फत मात्र हामीलाई उपलब्ध हुन्छन । यिनीहरुले हाम्रो हिन्दु सनातन धर्मलाई विस्थापन गरेर नयाँ रुढिवाद दिईरहेका हुन्छन । नेपालको धर्म निरपेक्षीकरणको अभ्यासलाई निस्तेज बनाउने, यस्ता खाले प्रायोजित गतिविधिलाई कानुनी दायराभित्र ल्याउनका लागि देशमा जनजागरण फैलाउनु जरुरी छ । तथा सत्य र तथ्य कुराहरुलाई जनताको अगाडि ल्याउनु जरुरी छ । धर्म निरपेक्षता वा धर्म निरपेक्षीकरण भनेको कुनै वस्तु वा विचारहरु ईश्वरीय संसारबाट भौतिक संसारमा सरुवा हुने प्रक्रिया हो । धर्म निरपेक्षीकरणको प्रक्रियामा धर्म बाहेक अन्य सामाजिक संस्थाहरु जस्तै राजनीतिक, आर्थिक, आदिमा धार्मिक मान्यताहरुको दुर्बलीकरण हुन्छ । अन्य सामाजिक संस्थाहरुसँग धार्मिक संस्थाको कुनै सम्बन्ध नहुनु नै धर्म निरपेक्षता हो । सबै मानिसहरु प्रति भेदभाव नगरी समान व्यवहार गर्नु नै यसको सार तत्व हो ।

Authors

You may also like