काठमाडौं, राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (नेशनल प्याब्सन) कागेश्वरी मनोहराको नगर अधिवेशनबाट पुन.अमृत खड्काको नेतृत्वमा नयाँ कार्य समित चयन भएको छ ।
९ जना व्यक्तिहरु बिभिन्न पदमा चयन हुनुभएको छ । अध्यक्षमा खड्का ,उपाध्यक्ष लिलानाथ रेग्मी,सचिव सुजन थपलिया ,कोषाध्यक्ष प्रेमकुमार भुजेल ,सह –सचिव सन्तु खड्का ,सह– कोषाध्यक्ष एंजन न्यौपाने ,साथै सदस्यहरुमा छिरिङ तोक्पे लामा जोन शाह ,रामेश्वर खनाल चयन हुनु भएको छ ।
यस अघि उक्त साधारण सभामा समितिका अध्यक्ष अमृत खड्काले संगठनले विगतको समयमा गरेको बिभिन्न गतिविधिहरुको अनुभव र संगठनको प्रगति विवरण पेश गर्नु भएको थियो भने कोषाध्यक्ष प्रेमकुमार भुजेलले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।
नेशनल प्याब्सनले विधान शंसोधन गरेपछि देशभर नै कागेश्वरी नगर अधिवेशन पहिलो नगर अधिवेशन भएको हो । सो अवसरमा नेपालीहरुको महान चाड दशै, तिहार, र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा समेत भएको थियो ।
त्यस्तै गरी कार्यक्रममा शिक्षा ,क्षेत्रको समग्र पक्षको सफलताको लागि शुभकामना दिइएको थियो ।
नेशनल प्याब्सन केन्द्रीय समितिका अध्यक्ष रितुराज सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष प्रताव बहादुर थापा ,संगठन सचिव शम्भु अधिकारी ,३ नं प्रदेशका उपाध्यक्ष प्रकाश खड्काको उपस्थित रहेको थियो । कार्यक्रमम उपस्थित सम्पुर्ण अतिथिहरुले अहिलेको तत्कालिन सामाजिक सुरक्षा र विद्यालयको व्यवस्थापकीय पक्ष माथि धारणा राखेका थिए । नगर समितिमा नेशनल प्याब्सन अन्तर्गत २१ वटा सदस्य विद्यालय रहेका छन् ।