सुरक्षा

ट्राफिक नियम उल्लंघन गर्ने एक हजार भन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौं, काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६ सय ८९ जना सवारी चालक कारवाहीमा परेका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट सोमबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा लेन उल्लंघन गर्ने १ सय ७० जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने १ सय ९६ जना, मदिरा पिएर सवारी साधन चलाउने १ सय २८ जना, अनावश्यक हर्न बजाउने ४० जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ३० जना, टिपर कारबाहीमा १३ जना, ब्हील लकबाट १ सय ३९ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ३० जना, सिसिटीभी मार्फत कारबाही ४४ जना र अन्य ८ सय ९९ जना रहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

Author

You may also like