काठमाडौं, अवैध सुनसहित प्रहरीले चाबहिलबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासीका ४०वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियार रहेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।
वृत्तबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले त्रिभुवन विमानस्थलबाट पास भएर चावहिल ल्याइसकेको अवस्थामा १६ तोला १४ लाल सुनसहित उनीहरुलाई मंगलबार साँझ पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उक्त सुनको मूल्य रु १२ लाख बराबर रहेको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धान र कारवाहीका लागि राजश्व कार्यालय पठाएको वृत्तले जनाएको छ ।