सुरक्षा स्वास्थ्य

फेरि दमकका खाद्य पसल दैनिक २ घण्टा खाेल्न दिने

दमक/  दमकमा हप्ताकाे २ दिन दैनिक २ घण्टा अत्याआवश्यकीय खाद्य सामाग्रिका पसलहरु खाेल्न दिने निर्णय गरेकाे हप्ता दिन नबित्दै पुनः दैनिक २ घण्टा खोल्न दिने निर्णय गरिएकाे छ ।

कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिको बैठकले  हप्तामा दूईदिन खोल्दा झन् भिडभाड बढेको र जोखिम पैदा भएको भन्दै दैनिक १२ देखि २ बजेसम्म दैनिक उपभोग्य खाद्य सामाग्रि पसलहरु खुला गर्न दिने निर्णय गरेकाे हाे ।

कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समिति का संयोजक एवं नगर प्रमुख रोमनाथ ओलीका अनुसार सामाजिक दुरी कायम राखेर दैनिक २ घण्टा अत्यआवश्यकीय पसलहरु खुला रहनेछन् । औषधि लगायत सरकारले तोकेका अत्यआवश्यकीय सेवा भने २४ सै घण्टा खुला हुनेछ । त्यो बाहेक भने खाद्यन्न, ग्याँस, तरकारी लगायतका पसलहरु १२ देखि २ बजेसम्म दूई घण्टामात्र खुला रहन पाउनेछन् ।

नयाँ तथा पुरानो शब्जि बजार पुर्ण रुपमा नै बन्द गरिनेपनि निर्णय भएको बताईएको छ । सामािजक दुरी कायम नराख्ने र जोखिम निम्त्याउने गरी विक्री वितरण गर्ने पसलहरु भने बन्द गरिनेपनि जनाईएको छ । अघिल्लो बैठकले बुधबार र शनिवार ३ घण्टाको दरले पसल खोल्ने निर्णय गरेको थियो ।

सवै पसलहरु खुला भएको पाईयो तर त्यस्तो होइन, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले भने । अत्यआवश्यकीय खाद्य लगायतका सामाग्रि विक्री हुने पसलमात्र दैनिक २ घण्टा खुला गर्ने निर्णय भएको हो, प्रभावकारी न्यूजसंग तिम्सिनाले भने ।

केहि दिनअघि दमकमा एकजना कोरोना संक्रमणको विरामी भेटिएको र केहि शंकाश्पदको स्वब परीक्षणका लागि धरान पठाईएको छ । नगरपालिकाले सम्भावित जोखिम न्यूनिकरणका लागि सामाजिक दुरी कायम गराउनका लागि आज यस्तो निर्णय गरेको बताईन्छ ।

किनमेल र अत्यआवश्यक काममा एकजना भन्दा बढि हिड्न पनि रोकिएको छ । एउटै परिवारका सबै सदस्य बजारमा आउँदा र बिना काम समुह बनाएर निस्कदा भिड बढेको भन्ने छलफल पश्चात यस्तो निर्णय भएको जनाईएको छ । यसैगरी यसभन्दा अघि विहान १ घण्टा डेरी पसल खोल्न पाईने निर्णय भएकोमा १ घण्टा समय थप गरेर २ घण्टा पनि बनाईएको छ ।

You may also like