बैशाख-०८ गते । श्रीमतीको कुटाईले धनकुटा छथरजोरपाटी-४ पानी ट्याङ्की बस्ने ४७ बर्षीय ईन्द्रबहादुर लिम्बुको मृत्यु भएको छ ।
आज बिहान ०७ बजे श्रीमान श्रीमतीको घरायसी बिषयमा बादबिबाद भई झगडा हुदा श्रीमती धनमाया लिम्बुले ईन्द्र बहादुरलाई घरेलु हतियार तथा लाठीले टाँउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घटनामा संम्लग्न धनमाया लिम्बुलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।