देश–समाज स्वास्थ्य

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ/ नेपालमा आइतबार मात्र १० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । आइतबार पुष्टि भएका संक्रमितमध्ये ९ जना नेपालगञ्जका हुन् भने एक जना वीरगञ्जका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पाँच जना पुरmष र ४ जना महिला हुन् । संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् । यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो ।

वीरगञ्जका एक युवकमा देखियो कोरोना
त्यसैगरी, वीरगञ्जमा एक युवामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । वीरगन्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय युवकमा आइतबार कोरोना पुष्टि भएको हो ।

तीन दिनअघि आफैँ स्वाव परीक्षणका लागि गएका ती युवकमा कोरोना पोजिटिभ देखिएको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जले जनाएको छ । युवकलाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारको लागि भर्ना गरिएको छ ।

युवकमा कोरोना संक्रमण्को पुष्टि भएसँगै उनका परिवारका सदस्यहरुको समेत स्वाब परीक्षण गर्ने तयारी भइरहेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

Author

You may also like