गाैरीगंज/ दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउने जनमजदुरका परिवारलाई राहात उपलब्ध गराउन प्रतिनिधि सभा सदस्य महेन्द्रा कुमारी सुब्बाले आर्थिक सहयोग गरेकी छन।
झापा जिल्लाकाे दक्षिण पश्चिम क्षेत्रमा रहेका गौरादह नगरपालिका र गौरीगंज गाउँपालिकालाई नगद २५/२५ हजार सहयोग गरेकि हुन। प्रतिनिधि सभा सदस्य सुब्बाले गौरादह नगरपालिकाका मेयर राेहित कुमार शाह र गौरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठलाई पालिकामा पुगेर हस्तान्तरण गरेकि हुन।
काेराेना भाइरस संक्रमणका कारण लकडाउन भएपछि ज्यालादारीमा काम गर्ने मजदुरका परिवारलाई छाक टार्ने ब्यबस्था मिलाउन पालिकाले एकद्वार प्रणालीबाट राहात बितरण गर्ने भएकापछि साम्सद सुब्बाले नगद राहत हस्तान्तरण गरेकी हुन।
प्रतिनिधि सभा सदस्य सुब्बाले नेपाली कांग्रेस क्षेत्रिय सभापति ढुण्डीराज भण्डारी, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि जीवन राई, गाैरीगंज सभापति राजेन्द्र कार्की, वडा नं. ३ का अध्यक्ष मखना महताे, वडा सभापति जगर्नाथ आचार्य, नेपाल शिक्षक संघ गाैरीगंज अध्यक्ष गाेपालप्रसाद ताजपुरिया लगायतकाे उपस्थितिमा राहत रकम हस्तान्तरण गरेकि हुन।
गौरीगंज गाउँपालिका र गौरादह नगरपालिका भित्र रहेका गरिब तथा बिपन्न परिवारलाई समान रुपमा राहत बितरण गर्न नगर र गाउँपालिकाकाे राहात बितरण गर्ने प्रणालीलाई सहज बनाउन सभासद सुब्बाले व्यक्तिगतरूपमा राहत हस्तान्तरण गरेकाे बताईन् ।