सुरक्षा

तीन थान मोटरसाइलसहित सात जना पक्राउ

भक्तपुर, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–७ र भक्तपुर चाँगुनारायण नगरपालिका–१ दुवाकोट वेसीबाट मोटरसाइल चोरी गरेको अरोपमा ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका –७ का २४ वर्षिय बिजय नेपाल, जुगल गाउँपालिका–७ का २५ वर्षिय अर्विन तामाङ, बलेफी गाउँपालिका–३ का २२ वर्षिय प्रकाश बहादुर तामाङ, २५ वर्षिय राम बहादुर तामाङ, चाँगुनारायण नगरपालिका–१ दुवाकोट वेसीका २३ वर्षिय सुजन गुरुङ, १९ वर्षिय दिपक अर्याल र दुवाकोटकै२३ वर्षिय सुजन थापा रहेका छन् ।

उनीहरुलाई सिन्धुपाल्चोक ईलाका प्रहरी कार्यलय बाह्रविसे र महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले विभिन्न मितिमा चोरी भएका ३ थान मोटरसाइकलहरु सहित प्रकाउ गरेको हो ।

असोज १ गते त्रिपुरासुन्दरी गाउँपालिका–७ ड्रयामसाइडबाट बा ९२ प ३२३५ परिर्तित बा ८६ प ६५२१, असोज ३ गते दुवाकोट वेसीबाट बा ६१ प २८१५ र असोज ४ गते दुवाकोटबाटै बा ७० प२५३५ नम्बरका मोटरसाइलसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी थप अनुसान्धन भई रहेको प्रहरीले जनाएको छ ।

Author

You may also like