चैत्र २० गते । बुधवार बेलुका ६ बजेको समयमा उक्त जंगलबाट मोटरसाईकलमा घाँस लिएर फर्कदै गरेका दुइ जनालाइ पक्राउ गरिएकाे छ ।
खुदियाई जंगलबाट नियन्त्रीत लागुऔषध सहित उदयपुर त्रियुगा नगरपालिका-१ का २४ बर्षीय बिबेक राई र २२ बर्षीय भुपेन्द्र राईलाई रोकेर चेकजाँच गर्ने क्रममा निजहरुले घाँस भित्र लुकाई छिपाई ल्याउँदै गरेको नियन्त्रीत लागुऔषध डाईजोल्याब ३० एम्पुल , लुजेसिक ३० एम्पुल र फेरागन ३० एम्पुल गरी जम्मा ९० एम्पुल लागुऔषध बरामद भएको हाे ।
लागुऔषध बरामद भएसंगै मानिस तथा प्रयोग गरेको लु ४६ प ४४८ र स ११ प ४९७५ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रतिकृया