
दमक । स्थानीय तथा रैथाने कृषि उत्पादन र बजारीकरणको लक्ष्यसहित दमक नगरपालिकाको आयोजनामा दुई दिने स्थानीय तथा रैथाने कृषि मेला लगाएको छ ।
औद्योगिक पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक नारालाई सार्थक तुल्याउन आयोजना गरिएको सो मेला उद्घाटन समारोहको प्रमुख अतिथि जिल्ला समन्वय समिति सभापति विश्व बराल रहेका थिए । दमक नगरपालिका कृषि विकास शाखाले आयोजना गरेको सो प्रदर्शनीमा विशेष अतिथिमा दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापा, रेगिना भट्टराई प्रसाई रहेको सो कार्यक्रमको अध्यक्ष वडा नं. ८ का वडाअधयक्ष धर्मप्रसाद दाहाल दिपेशले गरेका थिए ।

सो कार्यक्रममा दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, दमक नगरपालिका आर्थिक विकास समिति संयोजक तथा वडा नं. ५ का वडाअध्यक्ष इन्द्रबहादुर गुरुङ, दमक नगरपालिका पूर्व नगरप्रमुख रोमनाथ ओली, इलाका प्रशासन कार्यालय दमक झरेन्द्रप्रसाद चापागाई, चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, मिक्लाजुङ गाउँपालिका अध्यक्ष बविकुमार राई, कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, उद्योग वाणिज्य संघका अध्यक्ष दमक, विभिन्न गाउँपालिका, नगरपालिकाका प्रमुख तथा प्रतिनिधि, इलाका प्रहरी कार्यालय डिएसपी रामप्रसाद तिमल्सिना विभिन्न सामाजिक व्यक्तित्वहरु, राजनीतिक दलका प्रतिनिधि, १० वटै वडाका वडाअध्यक्ष, जनप्रतिनिधिहरु, सामाजिक व्यक्तित्व शेरबहादुर भट्टराई, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, कृषि उत्पादनमा लागेका कृषकहरु तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

पञ्चे बाजासहितको ¥यालीको आयोजनापछि सुरु भएको सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बरालले विरुवामा फुल राखेर पञ्चे बाजा बजाएर गरिएको थियो । दमक उपप्रमुख भट्टराई प्रसाईद्धारा स्वागत मन्तव्य राखिएको सो कार्यक्रममा बोल्दै कृषिको प्रवद्र्धन गर्नुपर्छ, रैथाने कृषि उत्पादनलाई बजारीकरण गर्नुपर्छ अर्गानिक उत्पादनको व्यवस्थापनका लागि अर्गानिक कृषि बजार व्यवस्थापन गर्नुपर्छ भनेर २०७६ सालमै स्कुलसँग रहेको १० कट्ठा जग्गालाई सम्झौता गरेर प्रदेश सरकार र दमक नगरपालिका मिलेर भवन बनेको सुनाउँदै यसलाई प्रयोग गर्ने सम्बन्धमा अगाडि बढेको बताईन । उनले दमक नगरपालिका र छिमेकी नगरपालिकामा कुनै पनि जमिन खाली राख्न नहुने र कृषिमा आत्मनिर्भर बन्नुपर्ने औंल्याएकी छन् । उत्पादित वस्तु आफुलाई पुगेर पनि बजारमा लगेर आत्मनिर्भरताको बाटोमा अग्रसर हुनुपर्ने उनले बताईन ।
जिसस प्रमुख बरालले सबै किसानहरुलाई बिषादीरहित उत्पादनमा लगाउन यस किसिमको कृषि उपजको प्रर्दशनीले कृषिको व्यवसायिक विकासमा नै टेवा पुग्ने सुनाए ।
किसानलाई कुनै पनि रासायनिक मल र विषादीको प्रयोग गर्नुको साटो प्राङ्गारिक मल प्रयोग गर्न प्रोत्साहन गर्दै त्यहाँ उत्पादित सामग्रीको प्रयोग बृद्धि गर्न पालिका सरकारले कार्यक्रम नै बनाएर लाग्नु पर्ने उनको सुझाव थियो ।

नगर प्रमुख रामकुमार थापाले मानव स्वास्थ्यलाई पहिलो प्राथमिकता दिँदै विषादी रहित कृषिजन्य सामग्रीको उत्पादन बढाउँदै यही बजारमा ल्याएर बेच्ने र आर्थिक लाभ लिने गरिको काम गर्न दमक नगरपालिका तयार रहेको स्पष्ट पारे ।
कार्यक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, मिक्लाजुङ गाउँपालिका अध्यक्ष बविकुमार राई लगायतले यसखाले प्रदर्शनीले छिमेकी पालिकाका किसानको उत्पादलाई समेत प्रोत्साहन मिलेको भन्दै कृषि बजारको सबैले सदुपयोग गर्न गर्नुपर्ने उल्लेख गरेका थिए ।
वक्ताहरुले विषादीरहित कृषि उत्पादनमा लाग्न सके मात्र स्वस्थ्य शरीर ,निरोगी राष्ट्र बनाउन सकिने औल्याए । उनीहरुले स्थानीय तथा रैथाने कृषि मेला प्रर्दशनीले विषादी रहित रैथाने कृषिजन्य सामग्रीको उत्पादन र यसको वजारीकरणमा थप टेवा पुग्ने जोड दिएका थिए ।

वक्ताहरुले विषादीरहित कृषि उत्पादनमा लाग्न सके मात्र स्वस्थ्य शरीर ,निरोगी राष्ट्र बनाउन सकिने औल्याए । उनीहरुले स्थानीय तथा रैथाने कृषि मेला प्रर्दशनीले विषादी रहित रैथाने कृषिजन्य सामग्रीको उत्पादन र यसको वजारीकरणमा थप टेवा पुग्ने जोड दिएका थिए ।
दुई दिनसम्ममा चल्ने प्रर्दशनीमा करिव १५ हजार जनाले मेलाको अवलोकन गर्ने कृषि शाखा प्रमुख चन्द्री भट्टराईले बताईन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीका अनुसार अर्गानिक कृषि बजारलाई छिट्टै नियमित सञ्चालनमा ल्याउँन पनि यस प्रर्दशनीले सहयोग पुग्ने छ । अर्गानिक कृषि बजारका सम्पूर्ण संरचना तयार भईसकेका र नगरपालिकाले अब यहाँ यस्तैखाले बजार लगाउन सकिन्छ भन्ने सन्देश दिन पनि पहिलो चरणमा कृषि प्रर्दशनी मेलाको आयोजना गरिएको उनको भनाई छ ।

प्रदर्शनीमा कृषि उत्पादनका साथै हस्तकलाका सामग्री, मल तथा बीउ बिजन साथै रैथाने खानाका गरि करिव ३५ वटा विभिन्न स्टलहरु रहेका छन् ।
कृषिसँग सम्बन्धित विभिन्न वस्तुहरुका झण्डै ३ दर्जन स्टल राखिएको सो मेलामा छिमेकी पालिका कमल गाउँपालिका र उर्लाबारी नगरपालिकाले समेत स्टल राखेको छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. ५ का वडाअध्यक्ष राईले उत्पादन भएको वस्तु उपभोग गर्ने र बाँकी रहेको वस्तु स्थानीय बजारहरुमा बजारी गरेर आयआर्जनको माध्यम खोज्नका लागि कृषिसँग सम्बन्धित कृषक, फर्महरुलाई आमन्त्रण गरेर मेलाको आयोजना गरिएको बताए ।
यसैगरी शुभकामना मन्तव्यकै क्रममा कमल गाउँपालिका उपाध्यक्ष न्यौपाने तिवारीले कृषिमा ध्यान नपु¥याएको बताएकी छन् । सबै लागेर कृषि उत्पादन र बजारीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने दिन आएको उनले बताईन । उनले भनिन–आसपासका सबै गाउँपालिका, नगरपालिका मिलेर एउटा ठूलो सेल्टर, बजार बनाएर बजारीकरणको अभ्यास गर्दा राम्रो हुने तर्क गरिन । उनले भनिन– स्थानीय रैथाने बालीहरु, स्थानीय किसानले उत्पादन गरेका वस्तुहरु के के छन त त्यसको पहिचान, मूल्याङन र सबै सामु प्रदर्शन गरेर सूचनामूलक, जानकारीमूलक बनाउन नै यो मेला आयोजना भएको बताईन । बजारमा आयातित खाद्य वस्तुलाई विस्थापित गर्न सकेनौं भने कृषि उत्पादन अगाडि बढ्न नसक्ने बताईन । उनले भनिन– अहिले हामी सबैलाई विभिन्न नसर्ने रोग लागेर बेलैमा रोगी भएर बसेका छौं । त्यसकारणले खानपानमा सुधार गर्नुपर्ने महसुस हुँदैछ । स्वास्थ्यमा यतिका समस्या आएको थाहा छ र त्यसको कारण पनि थाहा छ तर त्यसको न्युनिकरणका लागि स्थानीय उत्पादन र ति उत्पादित वस्तुको उपभोगमा कन्जुस्याई गरिँदा झनै समस्या बझिल्ने उनले तर्क गरिन । उनले अगाडि भनिन– यहि राखिएका स्टलहरुमा किसानका गुनासा आइसकेका छन् । उत्पादन त गरिन्छ तर बिक्री नै हुँदैन । हामीले स्वस्थ रहनका लागि अर्गानिक वस्तुको उपभोगमा ध्यान पु¥याउ साथसाथै अर्गानिक उत्पादन गर्ने किसानहरुलाई प्रोत्साहित पनि गरौं ।

उनले अर्गानिक वस्तु उत्पादक किसानलाई सल्लाह दिँदै बजरीकरणका लागि सूचनाको पहुँच ठूलो भएकोले उत्पादित वस्तुको प्रचारप्रसारमा ध्यान दिन आग्रह पनि गरिन । कतिपय वस्तुहरु अनलाईनबाटै सुुचनाको प्रयोगबाट बिक्रीवितरण भईरहेको अवस्थामा प्रचारप्रसारमा ध्यान दिन आवश्यक देखिन्छ ।
कमल गाउँपालिकाले पनि स्टोरबाट अर्गानिक झोल मल र डल्ला मल, अर्गानिक विषादी राखेको पनि बताईन । उनले भनिन–ति मलहरु किसानलाई निःशुल्क वितरण गर्दै आएको पनि बताईन । उत्पादित वस्तुको व्यवस्थापनका लागि भवन बनिईसकेको र मेसिनबाट उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेको पनि सुनाईन । उनले एउटाले उत्पादन गरेको उत्पादन अर्कोृलेृ सहजीकरण गर्ने, पालिका पालिका बीच अन्तरपालिका समन्वय गर्ने हो यो क्षेत्र नं. ५ को कृषिलाई अगाडि बढाउन सक्छौं । हामीले मल उत्पादन गरेका छौं, तपाईहरुले अन्य वस्तु उत्पादन गर्नुहुन्छ । ति सबै पालिकाका उत्पादित कृषि उत्पादनलाई सेन्टूलाईज्ड गरेर प्रशोधन गरेर किसानमा वितरण गरियो भने धेरै राम्रो हुने कुरा राखिन । उनले विगतभन्दा धेरै राम्रो भइसकेको अवस्थामा किसानहरुलाई निराश नहुन अनुरोध गर्दै कृषिका क्षेत्रमा धेरै काम हुन बाँकी छन र हामी गर्नेछौं भन्ने प्रतिबद्धता समेत व्यक्त गरिन । सो कार्यक्रममा विभिन्न वक्ताहरुले मेला आयोजनाले स्थानीय कृषिलाई थप टेवा पुग्ने र सबै पालिकाबीचको समन्वय र सहकार्यबाट बजारीकरणको अभियान चलाउनुपर्ने बताएका थिए ।