दमक/ शनिबारबाट शुरु भएको छठ पूजा आज आइतबार विहान समाप्त भएको छ ।
नदी किनारमा केराको थम्बा तथा टेन्ट लगाइ बनाइएका घाटमा पूजा अर्चनाका लागि पूजा सामग्रीहरु लगी तीन दिनदेखि निराहार ब्रत बसेका ब्रतालुहरुले शनिबार साँझ अस्ताउँदो सूर्यलाई अग्र्य दिएर सुरु भएको छठ आइतबार विहान उदाउँदो सूर्यलाई अग्र्य दिएर समाप्त भएको हो ।
तराईमूलका नेपालीहरुले विशेष गरी छठ माताको पूजा अर्चना गर्ने गरेका छन् । तर केही समययता भने पहाडी मूलका नेपालीहरुले पनि यसलाई विशेषरुपमा लिएर मनाउने गरेका छन् ।
झापाका मेची खोला, माइ खोला, रतुवा, कमललगायतका खोलाहरुमा प्रत्येक वर्ष छठको पूजा हुने गर्दछ ।
