“ममि आज रङगोली बनाउने है ? अनि झिलिमिलि बत्ति पनि किन्ने ल ?” हुन्छ छोरीको अवोध प्रश्नलाई छोटो जवाप फर्काए र्। हुरे हाम्रोमा पनि रङगोली अनि झिलमिल बत्ति ममिले ल्याउनुहुन्छ’ र्। ममि लक्ष्मि पुजा सकेर भैली खेल्न जान्छु नि है बहिनि र म । चाडपर्व ठुला मान्छेका लागि भन्दा पनि साना केटाकेटीहरुका लागि विशेष हुने भएकाले नाइ भन्न पनि त सकिन्न । हुन्छ टाढा नजानु है ?’ यसरी मुखै जवाफ लिने र दिने म शिवाय थिएँ । मसँग मनको गनथन । नजिकै पसलमा,बहिनि के चाहियो ? म झस्किए । मैनवत्ति । एकै स्वासमा जवाफ दिए । मेरा वरिपरि पसलका मान्छे अनि तिहारका लागि किनमेल गर्न आएकाहरु मात्र थिए । तर अघि जसरी मलाई बोल्न लगाउने र मैँले बोल्नु पर्ने कोही थिएन । साँँच्चै दुनियाको सबैभन्दा खतरनाक हतियार भनेको याद रहेछ । जसको प्रहारले मन, मुटु र मष्तिस्कलाई नै गहिरो चोट पु¥याउने रहेछ । तत्कालिन युवराज्ञी हिमानी शाहले सामाजिक संजालमा पोष्ट गरेको यो पोष्टको याद आयो । तिहारको रौनक छाएको थियो । विराटनगरमा । अरु समय भन्दा गुद्रि बजार अस्तव्यस्त थियो । मलाई पनि लक्ष्मी पुजाको लागि केहि समान किन्न थियो । अन्य समय भन्दा मेरा मन, मष्तिस्क, दिमाग पनि गुद्रि बजार जस्तै अस्तव्यस्त नै थियो । गुद्री बजारका पसले दाईले मैले मागे जति मैनवत्ति दिए । के सम्झे खै, के भयो बैनी ? पसले दाईले सोधे । अश्रु मिश्रित मुस्कानमा आनाको यादले सतायो दाई । मैले पनि मैनवत्तिको पैसा दिदैँ जवाफ फर्काए । हतार हतार मैनवत्तिको पसलबाट झिमिमिलि बत्तिको पसलतर्फ मेरा पाइला मोडियो । हातमा समातेर झिमिलि बत्ति किन्नु न ममि उ त्यो लक्ष्मिलाई पुजा गर्ने फुल पनि ल ? ममि एउटा झोला म बोक्छु नि है ? ठुली छोरीले जिम्मेवारी र आमाको पिडालाई महशुस गरिन् । सानी छोरीले आमाको साहारा भएर एउटा औँला समातिन । त्यसैले पनि भनिएको होला छोरी शौभाग्यले पाइन्छ । ममि माटोको दियो पनि है ? हुन्छ भन्न नपाई नै कान छैन ? कति खेर देखि हर्न बजाए । कस्ता कस्ता मान्छे हुन्छन् यार । पछाडीबाट बाइकवालाको हर्नसहित गालि वर्सियो । पछि थाहा भयो म झिलिमिलि बत्तिको दोकान नै नपुगी माटोबाट बनेको सामग्रीको पसल छेवैमा बाटो छेकेर उभिएकी रहेछु ।मेरो साथमा न औँला समाएर हिड्ने कोहि थियो न त झोला बोकिदिने । म भिडमा पनि एक्लो रहेछु । यादहरुसँग गफिरहेकी रहेछु । मलाई वाईकवालाले मात्रा नभएर गुद्रि बजारको भिडले गालि गरिरहेको अनुभुती भैरहेको थियो । सबैले म र बाईकवालालाई नियालिरहेका थिए । म भने निशब्द भएर भिडलाई थिचोल्दै मेन रोड तर्फ मोडिए । थाहा नै नपाई नौ नौ महिनासम्म गर्वमा बोकेको मेरा दुई छोरीहरु महिनौ बितेछ मबाट टाढा भएको । उनको बाबा, बाजे, बोजुसँग खुशी नै होलान् । मलाई जस्तै उनीहरुलाई याद आउदो हो कि होइन् । बाको काखमा आमाको अभाव महशुस पक्कै गर्छन होला ।