भद्रपुर, २६ पुस। भद्रपुर नगरपालिकाले विपन्न परिवारलाई सुधारिएको चुल्हो वितरण कार्य सञ्चालन गरेको छ । दाउराले खाना पकाउने आर्थिक विपन्न, एकल महिला, छोराछोरी समुदाय विद्यालय पढाउने परिवारलाई छनोट गरी वडा मार्फत चुलो वितरण गरिरहेको नगर प्रमुख गणेश पोखरेलले जनाए । स्वास्थ्यमा सुधारसँगै धुवा रहित, दाउरा कम खपत गराउने उद्देश्यले नगरपालिकाले १० वटै वडामा सुधारिएको चुल्हो वितरण गरिने बताए । प्रत्येक वडामा ९० को दरले ९०० थान चुल्हो वितरण गर्ने जनाएको छ । नगरपालिकाले वडा कार्यालय र विद्यालयबाट ईन्भाईरोमेन्ट प्रोटेक्सन सेन्टर नेपालका प्रतिनिधि अमर मेचेको उपस्थितिमा चुल्हो वितरण सुरु गरिएको हो । यसखाले चुल्होको प्रयोगमार्फत नागरिकको स्वास्थ्य तथा जीवनस्तरमा सुधार आउने विश्वास लिएको नगर प्रमुख पोख्रेलको भनाई छ । नगरपालिकालाई सो चुलो ईन्भाईरोमेन्ट प्रोटेक्सन सेन्टर नेपालले प्रदान गरेको हो ।
