आगललागीबाट ६० लाख बढीको क्षति

चैत २० । जाङबु शेर्पाको घरमा आगलागी हुँदा अन्दाजी ६० लाख १७ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

ओखलढुङगाको मोलुङ गाउँपालिका-६ श्रीचौरका शेर्पाकाे घरमा आज (विहीबार) बिहान पौने ७ बजे शेर्पाको घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा शेर्पाको टीनको छानो भएको २ तले घर, सोही घरमा रहेको होटल, अन्नपात, भाँडाबर्तन , लत्ताकपडा , द रु २ लाख साठी हजारपसलको किराना सामान  समेत जलेर नष्ट हुँदा अन्दाजी ६० लाख बराबरको क्षति भएको हो ।

यसैगरी छिमेकी टेकमान राई र पदम तामाङको घरमा समेत सामान्य क्षति हुँदा करिव १७ हजार बराबरको क्षति भएको छ ।

सो आगलागी प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा साँढे ९ बजे नियन्त्रणमा लिईएको थियो भने कुनै मानवीय तथा चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.