दमक, २८ भदौ
सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको आज पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ ।
पशुपति आर्यघाटमा आज विहान ११ बजे नेम्वाङको मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टले वताए ।
हृदयघातका कारण सोमवार राती निधन भएपछि उनको शव दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको थियो । उनका २ छोरा विदेशबाट आइपुगेपछि शवलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको थियो ।
नेम्वाङको सम्मानमा आज सरकारले सार्वजनिक विदा समेत दिएको छ ।